Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यी दुई लाख विद्यार्थी भर्ना हुन कठिन, एसइईकाे अहिलेसम्मकै खराब नतिजा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडाैं, १० असार । ०७४ को माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा सार्वजनिक भएको छ । एसइईमा २५ विद्यार्थीले सबैभन्दा माथिल्लो जिपिए ४.० ल्याएका छन् । आठवटै विषयमा ९० भन्दा माथि १०० सम्म ल्याउने विद्यार्थीले मात्र जिपिए ४ पाउँछन् । 

यस वर्ष साधारणधारतर्फ नियमित चार लाख ५१ हजार पाँच सय ३२ र एक्जाम्टेडतर्फ २५ हजार एक सय ३२ परीक्षामा सहभागी थिए । त्यसैगरी प्राविधिकतर्फ नियमितमा आठ हजार नौ सय ६ र एक्जाम्टेडतर्फ १० जना सहभागी भएका थिए ।

माथिल्लो कक्षाका लागि भर्ना पाउन कठिन हुने विद्यार्थी संख्या झन्डै दुई लाख छ । नियमिततर्फ कुल चार लाख ५१ हजार पाँच सय ३२ रहेकामा जिपिए २.० भन्दा कम ल्याउने विद्यार्थी एक लाख ९५ हजार तीन सय १५ छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले झन्डै ४५ प्रतिशतको शैक्षिक स्तर कमजार रहेको र सुधार गर्नुपर्ने अवस्था रहेको बताए ।

नियमिततर्फ सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४ ल्याउने १४ हजार दुई सय ३४ जना छन् । जसमध्ये आठ हजार ७३ छात्र र ६ एक सय ६१ छात्रा छन् । अघिल्लो वर्ष नियमिततर्फ चार लाख ४५ हजार पा“च सय ६४ सहभागी भएकामा सबैभन्दा माथिल्लो जिपिए ३.६५ देखि ४.० सम्म ल्याउनेको संख्या १२ हजार दुई सय ८४ थियो ।

यसैगरी प्राबिधिक धारमा ५ सय ३८ ले सबैभन्दा माथिको जिपिए ३.६५ देखि ४ ल्याएकामा छात्र तीन सय ४५ र छात्रा एक सय ९३ छन् । साधारण र प्राबिधिक तर्फका एक्जाम्टेड विद्यार्थी कसैले पनि जिपिए ३.६५ ल्याएका छैनन् ।

सि ग्रेड भन्दा तलकोलाई ग्रेड बृद्धिको मौका

यस वर्षको परीक्षामा सैद्धान्तिक विषयतर्फ सि, डि प्लस, डि र इ प्राप्त गर्ने विद्यार्थीले सबै विषयमा ग्रेडबृद्धि गर्न पाउने भएका छन् । ती विषयमध्ये विद्यार्थीले चाहेका विषयमा र मुल परीक्षामा दुई विषयसम्म अनुपस्थित भएको वा दुई विषयसम्म ग्रेड नखुलेका विषयमा ग्रेडबृद्धि परीक्षा दिन पाउनेछन् । परीक्षा नियन्त्रण कार्यालयले ग्रेडबृद्धिको परीक्षा २३ साउनमा गर्ने भएको छ ।

यसरी गरिएको छ ग्रेड निर्धारण

प्राप्तांकको बर्गान्तर ग्रेड ग्रेड पोइन्ट

९० र त्यसभन्दा माथि ए प्लस ४.०

८० र त्यसभन्दा माथि ९० भन्दा कम ए ३.६

७० र त्यसभन्दा माथि ८० भन्दा कम बी प्लस ३.२

६० र त्यसभन्दा माथि ७० भन्दा कम बी २.८

५० र त्यसभन्दा माथि ६० भन्दा कम सी प्लस २.४

४० र त्यसभन्दा माथि ५० भन्दा कम सी २.०

३० र त्यसभन्दा माथि ४० भन्दा कम डी प्लस १.६

२० र त्यसभन्दा माथि ३० भन्दा कम डी १.२

२० भन्दा कम ई ०.८

१३ हजार ड्रप आउट

साधारण र प्राबिधिक विषयमा नियमित र एक्जाम्टेडतर्फ एसइइको परीक्षा आबेदन फारम कुल चार लाख ८५ लाख ५ सय ८६ले भरेका थिए । तर, २१ हजार ८ सय ९७ विद्यार्थी अनुपस्थित भए । साधारणतर्फ नियमितका कुल १३ हजार ९०, एक्जाम्टेडतर्फ आठ हजार ६ सय ५७ ड्रप आउट भएका छन् । प्राबिधिकतर्फ नियमितका एक सय ४४ र एक्जाम्टेडका छ जना ड्रप आउट भए ।

११ जनाको रद्ध, ७४ कम उमेर

यस वर्षको एसइइमा ११ जनाको उत्तरपुस्तिका रद्ध भएको छ । ७४ जना कम उमेरका रहेको पनिकाले जनाएको छ । एक हजार ५० जनाको प्रयोगात्मक परीक्षा छुटेको भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan