Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मल्ल एसइईमा नेपाल टप भएको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १० आइतबार | रासस
newsabhiyan
newsabhiyan

भक्तपुर, १० असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा भक्तपुरका महेन्द्र विद्या आश्रमका छात्र नेपाल टप भएका छन्।

भक्तपुरको सूर्यविनायकस्थित उक्त विद्यालयबाट एसइई परीक्षा दिएका सार्थक मल्लले जिपिए चार ल्याएर नेपाल टप भएको विद्यालयका प्रधानाध्यापक अनिल श्रेष्ठले जानकारी दिए।

जिपिए ४ ल्याउने मल्ल नै नेपाल कै टप एसइई परीक्षार्थी भएको उनले दाबी गरे।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा शनिबार पौनै आठ बजे सार्वजनिक गरेको हो।

यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ र आंशिकतर्फ २५ हजार १३८ परीक्षार्थी सहभागी भएका थिए। यस्तै प्राविधिक धारको नियमिततर्फ आठ हजार ९०६ र आंशिकतर्फ १० परीक्षार्थी सहभागी भएको कार्यालयले जानकारी दिएको छ।

सार्वजनिक भएको नतिजाअनुसार नियमिततर्फ १४ हजार २३४ विद्यार्थीले जिपिए ३.६५ देखि ४ (ए प्लस), ४६ हजार १३० विद्यार्थीले जिपिए ३.२५ देखि ३.६० (ए), ४९ हजार ३७ जना विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), ७० हजार ५१२ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ६१ हजार ८७० विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), १ लाख १ हजार ४३ विद्यार्थीले १.६५ देखि २.०० (सि) ल्याउन सफल भएका छन् । यसैगरी ३५ हजार ५८४ विद्यार्थीले १.२५ देखि १.६० (डि प्लस), ५८ हजार ६८८ विद्यार्थीले ०.८५ देखि १.२० (डि) ल्याएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिनुभयो । यसवर्ष ‘ई’ ग्रेड कसैले पनि ल्याएका छैनन्।

आंशिकतर्फ ‘ए प्लस’ कुनै पनि विद्यार्थीको आएन भने दुई विद्यार्थीले मात्रै जिपिए ३.२५ देखि ३.६० (ए ग्रेड) ल्याएका छन्। आशिंकतर्फ १९ विद्यार्थीले जिपिए २.८५ देखि ३.२० (बि प्लस), १७७ विद्यार्थीले जिपिए २.४५ देखि २.८० (बि), ७०२ विद्यार्थीले जिपिए २.०५ देखि २.४० (सि प्लस), ५ हजार ८९५ विद्यार्थीले जिपिए १.६५ देखि २.०० (सि), ६ हजार ५२७ विद्यार्थीले जिपिए १.२५ देखि १.६० (डि प्लस), ३ हजार १०८ विद्यार्थीले जिपिए ०.८५ देखि १.२० (डि ग्रेड) ल्याएका छन्।

यता प्राविधिक धारको नियमिततर्फ ५३८ विद्यार्थीले ‘ए प्लस’, १ हजार ७६६ विद्यार्थीले ‘ए’, २ हजार ६५३ विद्यार्थीले ‘बि प्लस’, २ हजार ५८० विद्यार्थीले ‘बि’, ६२९ विद्यार्थीले ‘सि प्लस’, ११२ विद्यार्थीले ‘सि’, ५ विद्यार्थीले ‘डि प्लस’ ४७९ विद्यार्थीले ‘डि ग्रेड’ ल्याउन सफल भएका छन्। प्राविधिकधारतर्फ आंशिकतर्फ ३ जना विद्यार्थीले ‘बि प्लस’ र १ विद्यार्थीले ‘डि ग्रेड’ ल्याउन सफल भएका छन्। 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan