Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सौराहामा आराम गर्दै काँग्रेस सभापति देउवा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १० आइतबार | (रासस)
newsabhiyan
newsabhiyan

चितवन, १० असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहनुभएको छ ।

नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उहाँ गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहनुभएको छ । उहाँका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग पनि उहाँले भेटघाट गर्नुभएको छैन ।

जिल्ला सभापति भेलामा पार्टीभित्रकै अन्य समूहबाट पार्टी नेतृत्वको चर्को आलोचना भएको थियो । तनावमा रहनुभएको ठानिएका पार्टी सभापति देउवा तनाव कम गर्न एक्लै आराम गरिरहनुभएको बताइएको छ ।

प्रदेश सांसद मिलनबाबु श्रेष्ठका अनुसार देउवा आराम गर्नकै लागि सौराहामा रहनुभएको हो । शनिबार काठमाडौँ फर्किने भनिए पनि उहाँ फर्किनुभएन । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan