Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलीले चीनमा राष्ट्रहित भन्दा कुर्सीको सुरक्षा खोजे : काँग्रेस नेता चन्द्र भण्डारी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १० आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री के पि शर्मा ओलीले चीन भ्रमणका क्रममा राष्ट्रिय हित भन्दा सिहदरबारको कुर्सीको सुरक्षा रोजेको टिप्पणी गर्नु भएको छ ।

भ्रमणबाट जे अपेक्षा गरिएको थियो, त्यो हुन नसकेको उहाँको भनाई छ । ओलीको भ्रमण बारे उहाँले भन्नु भएको छ, "यो भ्रमणले पनि परम्परागतता एवम् संकुचिततालाई चिर्न सकेन ।"

हामीले पटक पटक भोगेको नाकाबन्दी, ईन्धनमा एकाधिकार, लिपुलेक विवाद आदि सबै आजको ग्लोबल भिलेजको समयमा पनि आझेलमा पर्नु हामी नेपालीका लागी दुर्भाग्यपूर्ण भएको नेता भण्डारीको टिप्पणी छ ।

चिनिया रेल काठमाडौं सम्म ल्याउने कुरा सिल्क रोडबाट बिश्वबजारमा चीनले रेलमार्ग मार्फत कनेक्टिभिटी गर्ने कार्यक्रम र रणनिती अन्तर्गत नै भएकाले नेपाली नेताले तछाड मछाड गर्नु नपर्ने उहाँले उल्लेख गर्नु भएको छ ।

नेपाल चीन सम्बन्ध गम्भीरताका साथ पुनर्परिभाषित गर्नु पर्ने टड्कारो आवश्यक्तामा नेता भण्डारीले जोड दिनु भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan