Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महानगरपालिकाको बजेट आएन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १० आइतबार |
newsabhiyan

ललितपुर, १० असार (रासस) : ललितपुर महानगरपालिकाले तोकिएको मितिमा बजेट सार्वजनिक गर्न सकेन ।

बजेटलाई लक्षित गरेर कार्यपालिकाको बैठक बस्न नसक्दा बजेट समयमा आउन नसकेको हो । यही असार २५ गते मात्रै बजेट सार्वजनिक गर्ने महानगरपालिकाले निर्णय गरेको छ ।

यसैबीच गोदावरी नगरपालिकाको बजेट सार्वजनिकीकरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीकी पम्फा भुसालले ललितपुर महानगरपालिकाले समयमा बजेट ल्याउन चुकेको बताउनुभयो । समयमा बजेटमाथि छलफल नियाल्दा तोकिएको मितिमा बजेट आउन नसकेको हो । उहाँले भन्नुभयो, “हिजोअस्ति बैठक नै नबसेर बल्ल आजदेखि शुरु भएको छ ।”

वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जन चैतबाट बजेटमा छलफल थाल्नुपर्नेमा अझैसम्म शुरु नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आजदेखि बल्ल उहाँले बजेटमाथि छलफल शुरु गर्नुभएको छ ।” प्रमुख पटकपटक विदेश भ्रमण गइरहँदा पनि समयमा हुन नसकेको उहाँको आरोप छ ।

वडा नं २७ का अध्यक्ष बाबुराजा महर्जनले छलफल गर्दागर्दै बजेटलाई पूर्णता दिन नभ्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “ढिला भए पनि राम्रो बजेट ल्याउनुपर्छ ।” बजेटमाथि विस्तृतरुपमा छलफल भइरहेको उहाँले बताउनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan