Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुलुकको विकास निर्माण संघ र स्थानीय सरकारसँगसँगै ः उपप्रधानमन्त्री पोखरेल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १० आइतबार | (रासस)
newsabhiyan

काठमाडौँ, १० असार  : उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको विकास निर्माणको लागि संघीय सरकार र स्थानीय सरकारसँगसँगै जानुपर्ने बताउनुभएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले संघीय सरकारले शुरु गरेको आर्थिक विकास र समृद्धि अभियानलाई स्थानीय सरकारले पनि साथ दिएर मुलुकको विकास निर्माणमा सँगसँगै जानुपर्ने बताउनुभयो ।

उहाँले अहिलेको समय भनेको मुलुकमा विकासको विगुल फुक्ने भएकाले स्थानीय सरकारले पनि विकास निर्माण गरेर समृद्धिको विगुल फुक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संघीय सरकारले विकासको विगुल फुक्नका लागि विकास र समृद्धिलाई प्रथामिकता राखेर काम गरिरहेको छ । स्थानीय तहले पनि संघीय सरकारले अघि सारेको कुरालाई प्राथमिकता दिनुप¥यो ।”

रक्षामन्त्री पोखरेलले विकास निर्माण गर्ने खालका नीति र कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । बूढानीलकण्ठ नगरपालिकामा सडक, खानेपानी ढलका समस्या रहेको उल्लेख गर्दै उहाँले ती समस्यालाई समाधान गर्न केन्द्रबाटसहयोग हुने बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले रु ७५ करोड १४ लाख ४७ हजारको बजेट प्रस्तुत गर्दै नमूना नगरपालिका बनाउन योजना रहेको बताउनुभयो ।

यसैगरी टोखा नगरपालिकाकाको दोस्रो नगरसभाको पनि उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले टोखालाई पर्यटकीय क्षेत्र बनाउन नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखालाई समृद्ध बनाउन करीब रु ७४ करोडको बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan