Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शिवपुरी गाँउपालीकाको तेस्रो गाँउसभाद्धारा ४३ करोड बजेट तथा कार्यक्रम प्रस्तुत, कुन कार्यक्रमका लागि कति बजेट ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ११ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं ,असार ११ । नुवाकोटको शिवपुरी गाँउपालीकाको तेस्रो गाँउसभा सम्पन्न भएको छ । “शिवपुरी समृद्धि को आधार शिक्षा कृषि पर्यटन र पुर्बाधार” भन्ने मुल अभियानका साथ गाँउपालीकाको कार्यालय शेराबगरमा असार १० गते आयोजना गरिएको गाँउसभाद्धारा आर्थिक बर्ष २०७५÷०७६ को लागि ४३ करोड ५५ हजार रुपयाँ बराबरको बार्षीक योजना तथा बजेट समेत प्रस्तुत गरिएको छ ।

गाँउसभाद्धारा जनसंख्या,भुगोल र मानव सुचांकको आधारमा पछाडी पारीएका समुदायको बस्ती रहेको वडाहरुलाई प्राथमिकताको आधारमा न्युनतम ८८ लाख देखि १ करोड २४ लाख रुपयाँ बिनीयोजन गरिएको छ । प्रत्यक वडा तथा बस्ती भेलाबाट छानीएर आएका ८ वटै वडाका लागि ८ करोड २० लाख रुपयाँ बिनीयोजन गरीएको छ ।  

त्यस्तै दिगो विकासमा सहयोग पु¥याउन प्रत्यक वडाहरुलाई एउटा गौरबको आयोजना संचालनको लागि ५० लाखका दरले थप ४ करोड बिनीयोजन गरिएको छ । न्युनतम ८८ लाख पाउने वडाले एउटा गौरबको आयोजना संचालन बापतको ५० लाख थप सहित  १ करोड ३८ लाख रुपयाँ पाउने छन् ।

त्यस्तै पुर्वाधार, कृषि, सडक बत्ती, बिजुलीको पोल आदीकामा सहलगानीका लागि समपुरक कोष(म्याचीङ फण्ड) का लागि १ करोड ४० लाख रुपयाँ बिनीयोजन गरिएको छ ।

त्यस्तै वडा कार्यालयहरु तथा गाँउपालीकाको भबन र्निमाणका लागि १ करोड ६० लाख बिनीयोजन गरिएको छ । त्यस्तै शिवपुरी गाँउपालीका ७ विर्ताकोचौरमा बि ग्रेडको रंगशाला र्निमाणका लागि २० लाख रुपयाँ बिनीयोजन गरिएको छ । उक्त रंगशालाको लागि गतबर्ष पनि गाँउपालीकाले लगानी गरेका थियो ।

शिवपुरी गाँउपालीका वडा नं १ देखि ८ सम्म जोडने कृषि रिङरोड निर्माणका लागि २५ लाख बजेट बिनीयोजन गरिएको छ । निर्वाचीत भएलगत्तै उक्त कृषि सडक निर्माणका लागि अध्यक्ष रामकृष्ण थापाले महत्वकांक्षी योजना अगाडी सारेका हुन् । कृषि सडकका लागि डिपीआर तयार हुंदै छ ।

शिक्षा, स्वास्थ्य, र कृषिका लागि शसर्त १२ करोड १४ लाख, सामाजीक सुरक्षाभत्ताका लागि ६ करोड बजेट बिनीयोजन गरिएको छ ।

त्यस्तै गाँउसभाले कृषि तर्फको आयोजनाहरुका लागि ५५ लाख, पशु, बन, वातावरण, लक्षीत बर्गहरुका लागि समेत आवश्यक बजेट बिनीयोजन गरेको छ ।

तेस्रो गाँउसभामा गाँउपालीकाका अध्यक्ष रामकृष्ण थापाले पेश गर्नुभएको नीति तथा कार्यक्रममा मत बिभाजन हुंदामा बहुमत सदस्यहरुद्धारा कार्यक्रम पास भएको थियो । त्यस्तै उपाध्यक्ष मञ्जु केसीले पेश गर्नुभएको बिनीयोजन विद्ययेक, बजेट एवं कार्यक्रम समेत सर्वसम्मत रुपमा पास भएको थियो ।

अध्यक्ष रामकृष्ण थापाले पेश गर्नुभएको आर्थिक बर्ष २०७५÷०७६ को बजेट तथा कार्यक्रममा नेपाली काँग्रेसबाटै बिजयी भएका वडा नं ४ का वडा अध्यक्ष झमक गुरुङ, वडा नं २ का वडा अध्यक्ष रुद्र बहादुर गुरुङ र वडा नं ३ को कार्यपालीका सदस्य सृजना तामाङले असन्तुष्टी जनाँउदै हस्ताक्षर समेत गरेका छैनन् । तर वडा नं ५ का एमालेबाट बिजयी भएका वडा अध्यक्ष सिताराम थापा सहितका सबैले बिजयी समुहले भने प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बस्तुनिष्ठ र यथार्थपरक रहेको भन्दै हस्ताक्षर गरेका थिए ।

गाँउपालीका अध्यक्ष रामकृष्ण थापाले नीति तथा कार्यक्रम पास गर्ने बेलामा आफनै पार्टीबाट बिजयी भएका जनप्रतिनिधिहरु प्रतिपक्षको भुमिकामा उभिएको बताउनुभयो । उहाँले भन्नुभयो “ प्रतिपक्षका केहि जनप्रतिनिधिहरुले समेत सहयोग गरेको अवस्थामा हाम्रै साथीहरु किन बटारीनुभयो मैले बुझन सकिन” थापाले प्रतिपक्षको जस्तै खरो बिरोधमा उत्रनेहरुका बारेमा पार्टीलाई लिखीत जानकारी दिने बताए ।

थापाले समानुपातीक रुपमा प्रत्यक वडालाई बजेट बिनीयोजन गर्दामा मानव सुचांकमा तल रहेका बस्तीहरु तथा जनसंख्या,भुगोललाई अन्याय हुने भएकाले त्यसै मापदण्डका आधारमा न्युनतम ८८ लाख देखि १ करोड २४ लाख सम्म बजेट बिनीयोजन गरेको बताए । थापाले बजेट बिनीयोजनमा आफुहरुले कुनै वडालाई अन्याय नगरेको बताँउदै बखेडा झिक्नुको कुनै औचित्य नरहेको बताउनुभयो ।

कुन वडालाई कति रकम ?

वस्ती तथा वडा भेलाबाट आएका आयोजनाहरुका लागि ८ करोड २० लाख बिनीयोजन गरिएको छ भने दिगो पुर्वाधार विकासका लागि प्रत्यक वडालाई १÷१ वटा गौरबको योजना निमार्णका लागि थप ५०÷५० लाख रुपयाँ बिनीयोजन गरिएको छ ।

 

वडा नं १ ः  १ करोड २४ लाख + ५० लाख गरी १ करोड ७४ लाख

वडा नं २ ः ९० लाख + ५० लाख गरी १ करोड ४० लाख

वडा नं  ३ ः ९६ लाख + ५० लाख गरी १ करोड ४६ लाख

वडा नं ४ ः ८८ लाख + ५० लाख गरी १ करोड ३८ लाख

वडा नं ५ ः १ करोड २४ लाख + ५० लाख गरी १ करोड ७४ लाख

वडा नं ६ ः १ करोड ९ लाख + ५० लाख गरी १ करोड ५९ लाख

वडा नं ७ ः ८९ लाख + ५० लाख गरी १ करोड ३९ लाख

वडा नं ८ ः १ करोड + ५० लाख गरी १ करोड ५० लाख

शिवपुरी गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले सानो रकमको आयोजना निर्माण गर्दामा दिगो काम नहुने भएकाले यसपटक देखि प्रत्यक वडालाई एउटा कार्यक्रम छनौट गरी गौरबको आयोजनको रुपमा लैजानको लागि थप ५० लाख बिनीयोजन गरेको बताए ।
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan