Wednesday 14th of November | २०७५ कार्तिक २८ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बलिउडमा इरफानले भित्र्याए नयाँ कलाकार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार १३ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १३ असार । इरफान खान स्टारर फिल्म ‘कारवान’ को ट्रेलर आज सार्वजनिक हुँदैछ । यस फिल्मको माध्यमबाट दलकीर सलमान र मिथिला पालकर जस्ता कलाकार बलिउडमा प्रवेशगर्न गइरहेका छन जसको फिल्ममा अहम भुमिका रहेको छ ।

प्राप्त पछिल्लो जानकारीका अनुसार फिल्म तीन अपरिचत व्यक्तिहरुको कहानीमा आधारित रहेको छ । जहाँ जानअन्जानमै एक–अर्कासँग परिचय हुन्छ, जसले तीनै जनाको जिन्दगीमा नयाँ मोड आउँछ ।

फिल्मको पोष्टर पहिलानै सार्वजनिक गरि सकेको छ । जसमा यि तीनैसाथी कुनै यात्राको समयमा रोडमा नरिवल पानी पिइरहेका देखिन्छन् ।

यस कमेडी फिल्मको निर्देशन आकर्षण खुरानाले गरेका हुन । उनी यस फिल्मका प्रोड्युसर पनि हुन ।

फिल्मको अधिकांश छायाँङ्कन केरलाका सुन्दर ठाउँहरुमा गरिएको छ । त्यस कारण फिल्मले दर्शकको ध्यान खिच्ने आकंलन गरिएको छ । यसमा अर्काे खास कुरा दक्षिण भारतीय फिल्म उद्योगका चर्र्चित कलाकार दलकीर सलमान ‘कारवान’बाटै बलिउडमा पाईला टेकेका छन् ।

एजेन्सी


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan