Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वर्षामा राज्य मात्र नभनौं !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २० बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । केहि दिन अघिदेखि लगातार वर्षा भैरहेको छ । देशभर आएको मनसुनले आधा दर्जन भन्दा बढीको मानविय र पूर्वाधारमा क्षति भैसकेको छ । मौसमविद्हरुले अझै केहि दिन मनसुन सक्रिय रहने जनाएको छ ।
हुन त वर्षा प्राकृतीक हो ।

कसैले राक्न सक्दैन तर यसको रोक थामबाट मानविय जनधनको क्षती न्यून गर्न भने अवस्य सकिन्छ । वर्षा हरेक बर्ष हुन्छ । जब राती तब बुढी ताती भने झै उद्दारका लागि राज्य खटिएर पुग्दैन ? समयमै ब्यावस्थान प्रमुख चुनैती हो ।

राज्यले अति जोखीम क्षेत्रहरुमा सतर्क रहन आग्रह गरेकै भरमा उन्मुक्ती पाउँदैन । प्रत्येक वर्ष जोखिम क्षेत्रको पहिचान गरि सम्वन्धित निकायले सतर्क रहन आग्रह गरिरहे पनि त्यस क्षेत्रमा दीर्घकालीन रुपमा उक्त जोखिमवाट बच्नलाई कुनै पहल थालिएको पाइदैन ।

अब बाढीले असर गर्ने क्षेत्रहरुमा सम्वन्धित निकायले बेलैमा सोच्न जरुरीछ । आज पनि नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन् दिनभर लाग्ने भएको छ । सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ ।

त्यसैगरि नवलपरासीको सुस्ता गाउँपालिका वार्ड न २ गुदरियाका बासिन्दाहरुले भारतीय गण्डक पश्चिमी नहरको डिल गैराती पुनः  भत्काएका छन् । भारतले आफ्नो सम्झौता अनुसार साईफनहरु सफा नगरेपछि हरेक बर्ष डुबानको समस्या भोग्नुपरेको देखिन्छ । गत बर्ष पनि बाढी पीडित किसानले भारतीय गण्डक पश्चिमी मुल नहर सुस्ताका स्थानीयले भत्काएका थिए ।

आईतवारदेखि लगातार परेको अविरल बर्षाले सुस्ता गाउँपालिका वार्ड न २ को लगभग २०० सय बिगाहा खेतीयोग्य जमिन डुबानमा परेपछि पानीको कुनै निकास देखिएको कारणले स्थानीय किसान र बासिन्दाहरुले भारतीय गण्डक पश्चिमी नहर भत्काएको स्थानीय किसान दिपेन्द्र कुर्मीले बताए ।

त्यसैगरि, पानीको निकासको लागि पटक पटक सिचाइ डिभिजन कार्यलय सेमरीलाई आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको र अहिले धान रोपाइँ गरेको सयौं बिगाहा जग्गा डुबानमा परि धानबाली नै नष्ट भएपछि बाध फुटाउनु पर्ने बाध्यता आइपरेको छ ।

लगातार वर्षाले तुलसीपुरको नव निर्मित कालोपत्रे बाटो पनि भत्कीएकोछ भने दाबका खोलाहरुले धेरै यात्रुहरुलाई सास्ती दिएकोछ । स्थानिय सरकारले दाबका पुलको बारेमा कुनै एक्सन लिएको देखिदैन । यसको अस्तब्यस्तताले ठुलो असर पुर्याएको छ ।

उक्त पुल पुन बनाउन थालेको पनि झण्डै ५ वर्ष भन्दा वढि भैसकेको छ तर निमार्ण कम्पनिलाई न कार्वाही भएको छ न पुल निमार्णको काम सकिएको छ । अब यो वर्ष दाबका यी पुल विनाका खोलाहरुले फेरी पनि जनधनको क्षेति नहोला भन्न सकिन्न ।

वर्षा सुरु हुन थाल्यो भने दाबका खोलाहरुको चर्चा हुने गर्छ तर यसमा न सडकले एक्सन लिन्छ न स्थानिय सरसकारले ।  वर्षामा राज्य मात्र नभनौं । यात्रा गर्दा स्वयम् आफैले पनि विचार पुर्याउनुपर्छ । किनकि बर्खा याममा समयमै ध्यान पुर्याएन भने ज्यान जान पनि सक्छ ।

होइन भने कामको सिलसिलामा घोराही या तुलसीपुर जानेहो भने बाटैमा अलपत्र परि ने अवश्था छ । अनि त्यो भन्दा झन त ग्रामीण भेगमा कोहि विरामी भयो भने के होला त्यो सोच्न पनि सकिन्न । त्यसैले हामी स्वयम पनि सतर्क रहुन पर्ने देखिन्छ ।

अनि ग्रामीण क्षेत्रमा कोहि सिकिस्त विरामी भए भने त्यसको समयमै उपचारका लागि सम्वन्धित निकायले चासो दिनुपर्छ । माथी उल्लेखित स्थानका समस्या उदारहणका रुपमा रहेकाछन् । मुलुक भर बाढीले असर गरेको छ ।

जहज रुपमा हिडडुल गर्न समेत समस्या परेको छ । यस तर्फ पनि वेलैमा सोच्न जरुरी छ । 

ज्यान आफ्नो जाने हो । समयमै सर्तक रहौं । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan