Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टाटा नानोको उत्पादन बन्द हुने ! तर कम्पनीले भने गर्यो खण्डन

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २२ शुक्रबार |
newsabhiyan
newsabhiyan

नयाँ दिल्ली (भारत) । भारतीय अटो निर्माता कम्पनी टाटा मोटर्सले टाटा नानो बन्द गर्ने अनुमान गर्न थालिएको छ । जुनमा एक थान मात्रै नानो कार उत्पादन भएपछि यस्तो अनुमान बढेको छ । यस अघि नै कम्पनीले उक्त कारको उत्पादन बन्द गरेको हल्ला सुन्नमा आएको थिए । तर कम्पनीले भने नानोको भविष्यबारे कुनै निर्णय नभइसकेको भन्दै सो हल्लाको खण्डन गरेको थियो ।

सन् २०१७ को जुनमा २ सय ७५ थान नानो उत्पादन भएकोमा गत महीना यो एक थानमा समेटिएको थियो । त्यस्तै एक वर्षअघि घरेलु बजारमा १ सय ६७ थान नानो विकेकोमा गत महीना तीन थान मात्रै विक्री भएको छ । एक वर्ष अघि २५ थान नानो कार निर्यात भएकोमा जुनमा एक थान नानो पनि निर्यात भएको छैन् ।

‘विद्यमान स्थिति हेर्दा नानो ब्राण्डलाई आगामी वर्ष उता निरन्तरता दिन नसकिनेबारे हामी अवगत छौं, यसलाई बचाउन ताजा लगानी आवश्यक छ, तर अहिलेसम्म यसबारेमा कुनै निर्णय गरिएको छैन,’ टाटा मोटर्सका प्रवक्ताले भने ।

प्रमुख बजारमा यसको माग पूर्ति गर्न उत्पादन भने जारी रहने प्रवक्ताको भनाई छ । कम्पनीले सन् २००९ को मार्चमा टाटा नानो लञ्च गरेको थियो । शुरुमा यो कारको मूल्य एक लाख रुपया राखिएको थियो । एजेन्सी / अभियानका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan