Sunday 18th of November | २०७५ मङ्सिर २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकहरुको केवाइसी आतंक !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २२ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २२ असार । बैंक तथा वित्तीय संस्थाहरुले ग्राहक विवरण राख्नका लागि केवाईसी फारम भर्न ताकेता गर्न थालेपछि सर्वसाधारण ग्राहकहरु आतंकित बन्न थालेका छन् ।

कतिपय बैंकहरुले केवाईसी नभरेको भन्दै सर्वसाधाारणलाई आफ्नो खाताबाट पैसा झिक्न समेत नदिएकाले सर्वसाधारणमा आतंक मच्चिएको हो ।

बैंकले रकम झिक्न नदिएको भन्दै विभिन्न ब्यक्तिहरुले सामाजिक संजाल मार्फत आक्रोश पोख्न थालेका छन् ।

जलस्रोत विज्ञ तथा लेखक अरुण सुवेदीले केवाईसी फारम नभरेको भन्दै पन्ध्र वर्षदेखि चलाउँदै आएको खाताबाट रकम झिक्न नदिएको भन्दै आक्रोश पोख्नु भएको छ ।

बैंकहरुले सर्वसाधारण ग्राहकलाई अपराधी जस्तो ब्यवहार गर्न थालेको महसशु गर्न थालिएको छ ।

ग्राहक संख्या बढाउन भन्दै बाटोघाटो भेटिनेहरुलाई समेत बैंक खाता खोलाउने बैंकहरुले केवाईसी नभरेको निहुँ बनाएर पैसा नै रोकेर कस्तो सेवा दिन खोजेका हुन भन्ने प्रश्न उठ्न थालेको छ,  नेपालीपत्रमा उल्लेख छ  । 

भ्रष्टाचार तथा आपराधिक क्रियाकलापबाट जम्मा गरेको कालो धन नियन्त्रण गर्ने भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई केवाइसी फारम भराउन ताकेता गर्दै आएको छ । ठूला अपराधी खोज्ने नाममा सर्वसाधारणलाई सास्ती दिनु कति जायज हो ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan