Wednesday 12th of December | २०७५ मङ्सिर २६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निशेधाज्ञा र नागरिक स्वतन्त्रता

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २२ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २२ असार । सरकारले आफुले गरेका कार्यको विरोध गर्नका लागि सदियौदेखि प्रयोग गरिदै आएका स्थलहरुमा प्रदशन गर्न नदिने निर्णय गरेको छ ।

यसलाई आम नागरिकले सार्वजनिक विरोधको ‘स्पेस’ खुम्च्याउने सरकारको प्रयासका रूपमा व्याख्या गर्दै त्यसको विरोध गरिरहेका छन् ।

विशेषगरी गृह मन्त्रालयले १ साउनदेखि माइतीघरस्थित मण्डलामा विरोध प्रदर्शन गर्न नपाउने निर्णय गरेपछि त्यसको चर्को विरोध भइरहेको छ ।

मण्डलामा विरोध प्रदर्शन गर्ने स्थलका रूपमा उपयोग गर्न नदिइनु सार्वजनिक विरोधको ‘स्पेस’ खुम्च्याउने सरकारी प्रयास भनेर नागरिक अगुवाहरुले अथ्र्याएका छन् ।

सरकारले विरोधको आवाजलाई कमजोर बनाउने दमनकारी बाटो अवलम्वन गरेको भन्दै आलोचना पनि भइरहेको छ । राज्ययन्त्रको मुख्यालयअघि आन्दोलन या प्रदर्शनका लागि उपयुक्त स्थान हो मण्डला । यो आफैमा सांस्कृतिक महत्व बोकेको थलो पनि हो ।

सरकारका कानैमा आवाज पु¥याउन मण्डलामा प्रदशन गर्न रोक लगाएपछि त्यसको सवत्र विरोध भइरहेका छ । ०४७ यता लामो समय राजनीतिक अस्थिरता र आन्दोलनका अनेक घुम्ती पार गरेर आएको नेपालले पछिल्लो समय केही शान्तिको अनुभूति गरेको छ ।

०५७/०७० वरपरसम्म मुलुकमा निरन्तररुपमा सडक आन्दोलन, चक्काजाम, नेपाल बन्द, हडताल भइरहे । जसले मानिसको जीवन अस्तव्यस्त बनायो ।

राजनीतिक क्रान्तिका अभियन्ता, सीमान्तीकरणमा परेकाहरू या राजनीतिक सम्भ्रान्तले आआफ्ना राजनीतिक हितलाई संविधानमा सामेल गराउन गरिएका त्यस्ता दबाबका कार्यक्रमलाई आरम्भमा मानिसले सहे ।

तर, लामो समयसम्मको आन्दोलनले दैनिक जीवनमा यसले नकारात्मक प्रभाव पार्न लागेपछि विरोध गर्न थाले । सार्वजनिक विरोधको मुख्य थलोका रूपमा रहेको टुँडिखेल खुलामञ्च नगरपालिकाको मनपरीको सिकार भएको छ, जहाँ विरोध गर्ने स्थान उपलब्ध छैन् ।

यस्तो अवस्थामा सरकारले चालेको नयाँ कदमले सार्वजनिक रूपमा सरकारका नीतिको विरोध गर्न या आफ्ना हितका पक्षमा सरकारको ध्यानाकर्षण गराउन अपनाइने विरोधका माध्यम खुम्चिने खतरा देखिएको छ ।

सरकारको यो निर्णयले हामी मुलुकमा कस्तो राजनीतिक प्रणाली विकास गर्न खोज्दै छौ भन्ने प्रश्न उठाएको छ । सत्ता र प्रतिपक्ष मात्र होइन, अरू वैकल्पिक आन्दोलन र जनअभिमतको अभिव्यक्तिका माध्यमका रूपमा हामी सार्वजनिक थलोको कस्तो व्याख्या गर्ने भन्ने प्रश्न पनि गृहमन्त्रालयको निर्णयले उव्जाएको छ ।

सार्वजनिक प्रदर्शनलाई अराजकताको तहसम्म, सार्वजनिक जीवनलाई प्रभावित गर्ने हदसम्म तन्किन दिन नहुनेमा कसैको दुई मत रहदैन ।

तर, सरकारले गर्ने कामको विरोध गर्न स्थान नै नदिनु भनेको अधिनायकबादको नमुना नै हो । विरोध प्रदर्शन गर्न निश्चित क्षेत्र तय गरिनु नै पर्छ । प्रदर्शन र सभालाई मानिसको जीवन प्रभावित नहुने गरी प्रदर्शनको अधिकारलाई सम्मान गर्दै स्थान उपलब्ध गराउनु जरुरी छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan