Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केन्द्रिय राजधानीमा मरेका कुखुरा बेच्ने ३ भाई प्रहरीको फन्दामा विवरण सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २२ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,२२ असार । केन्द्रिय राजधानी काठमाडौंमा मरेका कुखुराहरु बेच्ने ३ भाई प्रहरीको फन्दामा परेकाछन् ।

बा.१७ च. १२३६ नं.को पिकअप भ्यानमा मरेको कुखुरा९अखाध्य० बस्तुहरु राखी का।जि।का।म।न।पा। वडा नं। १६ नयाँ बजार एरीयामा बिक्री बितरण गर्दै हिडेको भन्ने सुचनाका आधारमा महानगरिय प्रहरी वृत्त लैनचौरबाट खटीएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  जिल्ला मकवानपुर हेटौडाका चालक बर्ष ३५ को चन्द्र बहादुर अधिकारी सहचालक जिल्ला मकवानपुरका अनिष दोङ्ग र अर्का कुखुरा व्यापारी जिल्ला मकवानपुर हेटौडा महानगरपालीका हिमाल बर्तौला रहेकाछन् ।

यस्तो छ  विवरण
१७० वटा मरेको कुखुरा वेच विखन गर्न लगिरहेको अवस्थामा गाडी सहित ३ जना पक्राउ
मिति २०७५।०३।२१ गते दिउंसो अं. १६:३० बजेको समयमा बा.१७ च. १२३६ नं. को पिकअप भ्यानमा मरेको कुखुरा(अखाध्य) बस्तुहरु राखी का.जि.का.म.न.पा. वडा नं. १६ नयाँ बजार एरीयामा बिक्री बितरण गर्दै हिडेको भन्ने सुचनाका आधारमा महानगरिय प्रहरी वृत्त लैनचौरबाट खटीएको प्रहरी टोलीले निगरानी वढाउँदा  अन्दाजी १७:१५ बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. १६ म्हैपी स्थित खोला किनाराको बाटो हुंदै बा.१७ च. १२३६ नं. को पिकअप भ्याननयाँ बजार तर्फ आउंदै गरेको अवस्थामा चेकजाँच गर्दा  भेनमा पछी नाम थर खुल्न आएका जिल्ला मकवानपुर हेटौडा महानगरपालीका वडा नं. ११ घर भएका चालक बर्ष ३५ को चन्द्र बहादुर अधिकारी सहचालक जिल्ला मकवानपुर ईचुङ्ग गा.वि.स. वडा नं. ४ घर भएका बर्ष २० को अनिष दोङ्ग र अर्का कुखुरा व्यापारी जिल्ला मकवानपुर हेटौडा महानगरपालीका वडा नं. ११ घर भएका बर्ष २० को हिमाल बर्तौला गरी ३ जना रहेको र गाडीको पछाडी ३ वटा प्लाष्टिकको बोरामा र भेनको पछाडिको खाली भागमा समेत गरी १७० वटा मरेको बोईलर कुखुराहरु फेलापारी नियन्त्रणमा लिई महानगरिय प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान गरि मरेको कुखुरा लाई स्थानीय  को रोहवरमा मुचुल्का नष्ठल गरीएको ।नियन्त्रणमा लिएका व्यक्तिहरुलाई कालो वजारी ऐन अनुसार कारवाही गरिने ।

अनुसन्धानमा खुलेको
 उल्लेखित कुखुराहरु हेटौडावाट ल्याएको वुझिएको ।
 होटलहरुमा कन्टायाक गरि होटलमा विक्रि वितरण गर्दे हिडेको ।
 मरेको कुखुराहरु तौल गर्दा ३२५ किलो भएको ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan