Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ट्राफिक नियममा कडाई ट्राफिक प्रहरी निरीक्षक रोकाय

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २२ शुक्रबार |
newsabhiyan
newsabhiyan

दिनेश ठाकुर,

नेपालगञ्ज,असार २२ । जिल्ला «ट्राफिक प्रहरी कार्यालय बाँकेमा इन्चार्जको रुपमा प्रहरी निरिक्षक हिरेन्द्र बहादुर रोकाय सरुवा भए आएपछि नेपालगञ्ज नगरको ट्राफिक व्यवस्थापन चुस्त बनाउन पहल थालिएको छ ।

ट्राफिक प्रहरीले कानून कार्यान्वयनमा कसैसँग कुनैपनि प्रकारको सम्झौता नहुने दावी गरेको छ । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका  प्रमुख प्रहरी निरीक्षक  रोकायले नगर व्यवस्थित पार्न ट्राफिक नियम उल्लंघन गर्ने कुनै पनि पक्षलाई कानुनी दायरामा ल्याउने दावी गर्दै त्यसका लागि काम पनि अगाडि बढाई सकिएको  बताए ।

‘नेपालगन्जमा ट्राफिक नियम कडाईका साथ लागु गर्न हामी प्रयत्नरत छौं, प्रहरी निरिक्षक रोकायले भने,– सोही अनुरुप हामीले काम पनि अघि बढाएका छौं ।’,

प्रहरी निरीक्षक रोकायले भने – केही दिनयता दिनहुँजासे टूाफिक प्रहरीले उपमहानगरपालिकासँग समन्वय गरी फुटपाथमा जथाभावी राखिएका होडिङ बोर्ड, सवारी साधन लगायतका सामाग्रीहरु नियन्त्रणमा लिने कार्य चलिरहेको छ ।

गणेशमान चोकदेखि कारकाँदो चोकसम्म आठ ठाउँमा पार्किङको व्यवस्था मिलाईएको पनि रोकायले बताए ।

नेपालगन्जलाई ब्यवस्थित नगर बनाउन नागरिक स्तरबाट पनि प्रयास हुन आवश्यक भएको भन्दै रोकायले भने,– ‘ट्राफिक व्यवस्थापनका लागि कानुनी कारबाहीसँगै नागरिक सहयोग पनि आवश्यक देखिन्छ ।’

त्यसैगरी जिल्ला ट्राफिक कार्यालय बाँकेले नगरभित्र छाडा चौपाया छाड्नेहरुबिरुद्ध पनि कडाईका साथ प्रस्तुत हुने भएको प्रहरी निरिक्षक रोकायले बताए ।छाडा चौपायाधनीहरुलाई प्रशासनको सहयोगमा पक्राउ गरी मुद्दा चलाउने ट्राफिक प्रहरीको तयारी छ ।

सडकमा दुर्घटना निम्त्याउने छाडा चौपाया नियन्त्रण कार्य उप-महानगरपालिकाले पटक-पटक प्रयास गरेपनि सार्थक हुन सकेको छैन । नेपालगञ्जमा छाडा चौपाय मुख्य समस्याको रुपमा रहेको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan