Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्तर कोरियासँगको कुराकानी ‘निकै लाभकारी’ ः पोम्पेओ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २३ शनिबार |
newsabhiyan

टोकियो, जापान, २३ असार (रासस÷एएफपी) : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निशस्त्र बनाउन ‘निकै लाभकारी’ भएको शनिबार बताउनुभएको छ ।

उत्तर कोरियाको भ्रमणपछि टोकियो प्रस्थान गर्नुपूर्व सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले कसरी उत्तर कोरियाले आणविक निशस्त्रीकरणबारे आफ्नो प्रतिबद्धतालाई सम्मान गर्न सक्छ भन्ने बिषयमा आफूहरूले केही नयाँ विवरणहरू आदानप्रदान गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यी पक्कै पनि जटिल बिषयहरू हुन्, तर हामीले सवैखाले प्रमुख मुद्दामा प्रगति गरिसकेका छौँ । केही कुरामा निकै नै प्रगति भएको छ भने अन्यमा पनि सफलताका लागि थप कामहरू भइरहेका छन् ।”
यसैबीच, दक्षिण कोरियाली समाचार संस्था योन्हापले बताए अनुसार वासिङ्टनका ‘सर्वग्राही माग’ र ‘अति नै अफसोसजनक धारणा’को आलोचना गरेको छ । पोम्पेओसँगको वार्ता सकिएको केही घण्टामै आएको हो ।


उत्तर कोरियाली विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै योन्हापले जनाएको छ, “उच्च स्तरीय वार्तामा अमेरिकी धारणा र अडान निकै अफसोसपूर्ण पाइयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan