Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रदेश २ को मुहार फेर्न प्रधानमन्त्रीको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २५ सोमबार |
newsabhiyan

काठमाडौं, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्ने बताएका छन् । प्रदेश नं २ का सांसदहरुसँग बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले प्रदेश २ को मुहार फेर्न आग्रह गरे ।

प्रदेश नं २ का नेकपाका सांसदहरुले त्यहाँको विकास, समृद्धि, शिक्षा, स्वास्थ्य, सामाजिक सुधार आदि जस्ता क्षेत्रमा उठाएका समस्याको बारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश नं २ को स्वरुप फेर्नका लागि यहाँका सांसदहरु नै लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधीहरुले मिलापत्र गराउन खोज्नु बेठिक भएको उल्लेख गरे ।
‘शक्ति पृथकिकरणको सिद्धान्त अनुसार सबै अंग जिम्मेवार हुन् र आफ्नो–आफ्नो क्षेत्राधिकारमा सिमति हुनुपर्छ र सबै अंगको मर्यादा हुन्छ,’ उनले भने ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan