Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बन्दले प्रदेश ४ मा जनजीवन अस्तब्यस्त,कर्णाली प्रदेशमा पनि उस्तै सकस

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २५ सोमबार |
newsabhiyan

पोखरा ,२५ असार ।  बन्दले प्रदेश ४ मा जनजीवन अस्तब्यस्त भएको छ ।

गण्डकी प्रदेश नामकरण खारेजको माग राख्र्दै तमुवान–मगरात संघर्ष समितिले आह्वान गरेको ४ नम्बर प्रदेश बन्दले जनजीवन प्रभावित भएको छ ।

गण्डकी नामकरण खारेज गरी तमुवान–मगरात कायम गर्न माग गर्दै प्रदेश बन्द गरिएको हो । बन्दका कारण पृथ्वीराजमार्ग, भूपि शेरचना राजमार्ग लगायत प्रमुख तथा सहायक मार्गमा यातायात चलेका छैनन् ।

राजधानी पोखरासहित बागलुङ, बेनी, कुस्मा, बेशींसहर, दमौली लगायत पर्यटकको आवागमन बढी हुने क्षेत्रमा बन्दको प्रभाव देखिएको छ ।

शैक्षिक संस्था, बजारपसल लगायत बिहानैबाट ठप्प रहेको छ । त्यसैगरि कर्णाली प्रदेश पनि आज अस्तब्यस्त रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan