Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई तीन वर्षमै ४१ प्रतिशत बजेट दिने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २५ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ असार ।  केन्द्र सरकारले प्रदेश र स्थानीय तहलाई वार्षिक बजेट वृद्धि गर्दै लैजाने भएको छ । आगामी आर्थिक वर्ष २०७५/०७६ मा २५ प्रतिशत मात्रै बजेट दिने घोषणा गरेको केन्द्र सरकारले आव ०७६/०७७ मा ३१ दशमलव ८ प्रतिशत र तीन आर्थिक वर्षको अन्तिम वर्ष आव ०७७/०७८ मा ४१ दशमलव चार प्रतिशत बजेट दिनेछ ।

राष्ट्रिय योजना आयोगले तयार पारेर सार्वजनिक गरेको तीन आर्थिक वर्षको मध्यमकालीन खर्च संरचनाका अनुसार प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान तथा नयाँ आयोजना/कार्यक्रमका लागि केन्द्रले बजेट दिनेछ ।

त्यसरी दिने बजेटलाई केन्द्र सरकारले उत्पादन वृद्धि, पूर्वाधार निर्माण, सामाजिक विकास, सुशासन प्रवद्र्धन, अन्तर्सम्बन्धित विकास, साधारण प्रशासन के हो भनेर कुनै संकेत गरेको छैन । ती शीर्षकमा शीर्षकअनुसार खर्च नहुने भएकाले सरकारले त्यसलाई सांकेतिकीकरण नगरिएको बजेट भनेर छुट्याएको छ ।

आव ०७५/०७६ मा तीन खर्ब २८ अर्ब ४८ करोड ७२ लाख विनियोजन गरेको केन्द्र सरकारले त्यसपछि क्रमशः ५ खर्ब ९६ करोड ६७ लाख र अन्तिम आवमा ७ खर्ब ७१ अर्ब ९८ करोड २३ लाख रुपैयाँ हुनेछ । उक्त आव ०७७/०७८ मा केन्द्र सरकारले १८ खर्ब ६४ अर्ब ६० करोड रुपैयाँको बजेट सार्वजनिक गर्नेछ ।

उक्त बजेटअनुसार प्रदेश र स्थानीय तहमा केन्द्रबाट जाने बजेटको प्रतिशत ४१ दशमलव चार प्रतिशत हुनेछ । योजना आयोगका अनुसार पहिलो प्राथमिकताको आयोजना, दोस्रो प्राथमिकताको आयोजना, लैगिंक संकेत, जलवायु संकेतजस्ता कुनै पनि संकेत प्रदेश र स्थानीय तहलाई दिइने बजेटमा उल्लेख गरिएको हुनेछैन ।

तर, ती सबै संकेतमा वर्षेनी केन्द्रले दिएजत्तिकै प्रतिशत बजेट भने प्रदेश र स्थानीय तहले खर्च गर्नुपर्नेछ । आर्थिक दैनिकका साथमा । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan