Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलीका सबै कमान्डर माधवकै पक्षमा : अब रुने पालो प्रचण्डको !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २५ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रादेशिक, जिल्ला तथा जनवर्गीय तथा भ्रातृसंगठनको एकताको गाँठो फुकाउन नियमावलीलाई अन्तिम रुप दिने तयारी गरिरहेकै बेला संगठन भद्रोगल हुन पुगेको छ ।

पार्टीका विधान र नियमावली नबनेको भन्दै तल्ला कमिटीको एकता अघि बढ्न सकेको छैन । नेकपाले प्रादेशिक, जिल्ला तथा जनवर्गीय र भ्रातृसंगठनको एकताका लागि प्रदेशसहित आठ प्रादेशिक कार्यदल र जनसंगठनका लागि अलग्गै कार्यदल गठन गरेको थियो ।

नेकपाले तल्ला कमिटीको एकताका लागि कार्यदल गठन गरे पनि पार्टीको विधान र नियमावलीको अभावमा कार्यदलले का म अघि बढाउन सकेको छैन । नेकपाका तल्ला कमिटीमा माओवादी समूह हाबी हुने परिस्थिति देखिएकाले पनि ढिलाइ भइरहेको छ ।

खासगरी खड्ग ओलीपछि नेकपाको नेतृत्व प्रचण्डको हातमा जान सक्छ भन्दै तल्ला कमिटीमा पूर्व एमालेले समूहलाई बलियो बनाउन ओली समूहका केही नेताले वरिष्ठ नेता माधव नेपाललाई बोकेर देश घुमाउन थालिसकेका छन् ।

नेकपा केन्द्रीय कमिटीको ३ वैशाखमा बसेको पहिलो बैठक र ५ जेठमा बसेको केन्द्रीय सचिवालय समितिको बैठकले अन्तरिम विधान र राजनीतिक प्रतिवेदनको सम्पादन गरी अन्तिम टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिए पनि श्रीमती विरामी भएका कारण पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा ध्यान दिन सकेका छैनन् ।

ओलीले सरकार चलाउने हुँदा उनले पनि त्यसतर्फ ध्यान दिन छाडेपछि ओली समूहका नेताहरुले नेपाललाई काखी च्याप्न थालेका हुन् ।

नेकपा प्रथम अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको चीन भ्रमण र द्वितीय अध्यक्ष प्रचण्ड पत्नीको उपचारका लागि देश बाहिर रहेपछि विधान, राजनीतिक प्रतिवेदन तथा नियमावलीको अन्तिम टुंगोउ लाग्न पाएको थिएन ।

पत्नी सीताको उपचार गरेर दाहाल स्वदेश फर्कना साथ पार्टी बैठक बोलाइएको थियो तर, त्यसले पनि टुंगो लगाएको छैन । प्रादेशिक कार्यदल सदस्यहरुले पार्टीको मुख्य विधानको अभावमा एकता कार्य अघि बढ्न नसकेको बताउँदै आएका छन् ।

नियमावली मस्यौदा कार्यदल सदस्य खिमलाल देवकोटा, माधव नेपालका विश्वासपात्र वेदुराम भुसालले नियमावली बनाए पनि त्यतिकै थन्क्याएका छन् । केन्द्रीय कमिटी तथा सचिवालय बैठकले अन्तरिम विधान, राजनीतिक प्रतिवेदन तथा नियमावली मस्यौदा तय गर्न १५ दिनको समयावधि दिएको थियो ।

बैठकले प्रदेश कार्यदल तथा भ्रातृ तथा जनवर्गीय संठठनलाई प्रदेश र जिल्ला संगठन कमिटी गठन गर्न अध्यक्ष, सचिव र सदस्यहरुको नामावलीसहितको प्रस्ताव तयार गरी १५ दिनभित्र प्रस्ताव केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिएको थियो ।

तर, पनि दुवै अध्यक्ष यसमा त्यति सकारात्मक देखिएका छैनन् । विधान पास भइहाले पनि नेकपाका प्रादेशिक तथा त्यसभन्दा तल्ला कमिटीहरुको तत्काल पूर्ण पदाधिकारी नहुने भएका छन् ।

नियमावलीको मस्यौदामा महाधिवेशनसम्म अध्यक्ष र सचिव राख्ने र बाँकी सचिवालयहरुको कार्यसममिति तोके र जाने विषय उठानले पनि तत्कालै सबै कार्यसमिति निश्क्रिय जस्तै बन्ने भएका हुन् ।

तल्ला कमिटीको नेतृत्वको विषय पनि पेचिलो बन्दै गएको छ । प्रादेशिक, जिल्ला, जनसंगठनमा नेतृत्वका आकांक्षी बढी देखिँदा कार्यदललाई मिलाउनसमेत हम्मे परेको छ, तरुणमा उल्लेख छ ।

पार्टीले भने वरिष्ठताको आधारमा नेतृत्व दिने र एक पार्टीको अध्यक्ष रहेको ठाउँमा अर्को पार्टीको सचिव रहने गरी विवाद मिलाउने प्रयास गरेको जनाइए पनि पूर्वएमालेकै कार्यकर्ता योग्य देखिएकाले पूर्वमाओवादीहरुलाई मिलाउन असजिलो भएको स्रोतको दाबी छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan