Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेग रानाको ‘चुच्चेमुखे रेल’ बोलको म्युजिक भिडियो बजारमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २६ मंगलबार |
newsabhiyan
newsabhiyan

अनिल नेपाली, काठमाडौं । गायक तथा सर्जक बेग रानाको तिज लक्षित ‘चुच्चेमुखे रेल’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । बेग रानाको शब्द तथा लय रहेको सो गीतमा बेग राना र मञ्जु लावती थापाको स्वर रहेको छ ।

सिने क्रु एण्ड मिडियाले निर्माण गरेको सो भिडियोलाई बुद्ध लामाले निर्देशन गरेका हुन् । दिपेन्द्र भट्टले छायांकन तथा सम्पादन गरेको भिडियोमा निर आले मगर, पवित्रा आले मगर, लोमश शर्मा र पुजा पाठकले अभिनय गरेका छन् ।

गाउँ–गाउँमा चुच्चेमुखे रेल आउनवे हल्लाले विशेषत माया गर्नेहरु फुरुङ्ग भएको कुरा गीतमा उल्लेख गरिएको छ । हिँडेर भेट्दा झन्झट हुने भन्दै चुच्चेमुखे रेलमा चढेर चाहेको बेलामा मन परेको मान्छेलाई चाँडै भेट्न सकिने भन्दै माया गर्नेहरु प्रफुल्लीत गएको कुरा गीत÷भिडियोमा देखाइएको छ ।

हाल जापानमा बस्दै आउनुभएको रानाका यसअघि सकिन जुन छुन, मन रुन्न होला र, मुलको पानी मनपर्छ, मुलाको सिन्की, बुढी राम्रो अर्काको, अलि वर बसन सानी, पान खाए मुख रातो, मट्टीतिर नजाऊ, पहिला–पहिला जमाना, किन आँशु बगाउँछौ ?, तुम्बा तान्ने भट्टी, हत्ते हालिन्छ, यो रक्सीको गन्ध, मान्ने हैन कहिले बोलका गीतहरु बजारमा आईसकेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan