Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री ओलीको भनाई अहंकारयुक्त, नतिजा राम्रो हुँदैन : महत

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको टिप्पणी गरे ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकमा सोमबार प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।नेपाली कांग्रेसका सह महामन्त्री डा. प्रकाशशरण महतले ओलीको भनाईलाई अहंकारयुक्त अभिव्यक्ति भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै महतले कांग्रेसको एजेण्डालाई अहिले त्यान्द्रोको संज्ञा दिए पनि यसको नतिजा पछि देखिने भन्दै प्रधानमन्त्रीलाई चेतावनी दिए ।

सरकारले गरेको नराम्रो कामको विरोध गर्दा अनावश्यक विशेषण दिएको बताउँदै महतले प्रधानमन्त्री ओली निरङ्कुशता र सर्वसत्तावादको मानसिकताले ग्रस्त भएको बताए ।

डा. गोविन्द केसीले उठाएका मागलाई सम्बोधन गर्ने गरी कांग्रेसले ल्याएको अध्यादेश अहिलेको सरकारले उल्ट्याएको भन्दै महतले नेकपाका नेता–कार्यकर्ताको हित हुने गरी ल्याइने विधेकय स्विकार गर्न नसकिने बताए ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले निर्वाचन सम्पन्न गराईदिएर प्रधानमन्त्री हुन पाएका ओलीले अख्तियार गरेको बाटो संविधान र कानुनी मूल्यमान्यता विपरित भएको महतको जिकिर छ ।

“विकास निर्माण गर्न कसले रोकेको छ । तर कानुनसम्मत बाटोमा हिँड्नुस् भन्दा कुन गल्ती गर्यौँ ।” महतले भने ।

सरकारले जनसरोकारका विषय वेवास्ता गरेको आरोप लगाउँदै महतले उखान टुक्कामा केन्द्रित भएको आरोप लगाए । निषेधित क्षेत्र तोकेर सरकारले जनताको अधिकार कुण्ठित गर्न खोजेको महतको दाबी छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan