Sunday 22nd of July | २०७५ श्रावण ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन दिन लगातार वर्षा हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २६ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, २६ असार । आज असार २६ का साथै असार २७ र २८ गते मुलुकभर मौसम बदली भई हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना देखिएको छ ।

असार २६ गते दिउँसो देशभरिनै बदली रही पश्चिमका अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही दिन साँझ केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै, असार २७ र २८ गते पनि मुलुकभर मौसम बदली रही हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

मनसुनी वर्षा अझै मुलुकभर प्रभावकारी हुन नसकेको र यस वर्षाले तत्काल ठूला नदीमा बाढीको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan