Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फरार अभियुक्त चितवन प्रहरीको नियन्त्रणमा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २६ मंगलबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, २६ असार । चितवन प्रहरीले अपराधीक गतिविधिलाई निस्तेज पार्ने उद्देश्यले गठन गरेको ( थ्री एस अप्रेसन ) थप प्रभावकारी बन्दै गएको छ । एसपी शुशील सिंह राठौरले अपराधीक तत्वलाई निस्तेज पार्न खेलेको भुमिकाले अहिले थप निरन्तरता पाउदै गएको छ ।

समाजलाई स्वच्छ , भयरहित बनाई जनताले बाँच्न पाउने अह्म भुमिकालाई मध्ययनजर गर्दै संयुक्तरूपमा गठित सादा पोशाकका प्रहरीले अपत्यारिलो तरिकाले नतिजा हासिल पार्दै गएका छन् । विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका अपराधीलाई पक्राउ गर्नु नै विशेष प्राथमिकतामा राखेका राठौरले फरार ब्यक्तीलाई भटाभट नियन्त्रणमा लिन थालेका छन् ।

ज्यान मार्ने उद्योग र जवरजस्ती चोरी मुद्दामा संलग्न रहि फरार रहेका भरतपुर महानगरपालिका वर्डा नम्बर १२ बस्ने बर्ष २५ को कान कुहिए भन्ने अनिल परियारलाई सोमबार चितवन प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

परियारमाथि २०७२ कार्तिक १९ गतेका दिन राती १० बजेको समयमा भरतपुर महानगरपालिका वर्डा नम्बर ९ मा रहेको केन्द्रीय बस टर्मिनलमा निती राई जगत पुन मगरलाई कुटपिट गरि घाइते बनाउनुको साथै झन्डै ५ लाख ८ हजार ५०० रुपैयाँ बराबरको घनमाल चोरी गरि लगेको आरोप लागेको छ ।

सो, चोरीमा संलग्न रहेको आरोपमा चितवन प्रहरीको विशेष टोलीले यस अघि नै दुई जनालाई पक्राउ गरि सम्मानित चितवन जिल्ला अदालतको आदेशमा आवश्यक कार्वाहीका लागी थुनामा पठाइसकेको थियो ।

सोही आरोपमा संलग्न अर्का एक जना अन्य आरोपित भने हालसम्म फरार रहेकोे र उनको पनि खोजीका लागी प्रहरी कडाइका साथ लागिपरेको चितवन प्रहरीका प्रमुख एसपी शुशील सिंह राठौरले बताउनुभयो ।

यसैैबीच, प्रहरीकै विशेष टोलीले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार हुँदै आएका भरतपुर महानगरपालिका वर्डा नम्बर २ क्षेत्रपुर बस्ने बर्ष २२ को शिबु थापालाई समेत पक्राउ गरेको छ । सोमबार पक्राउ परेका उनलाई चितवन जिल्ला प्रशासन समक्ष हाजिरी गराइएको एसपी राठौरले बताउनुभयो ।

राठौरका अनुसार उनीमाथि समाजमा अशान्ति फैलाएको, डरत्रास देखाइ समाजलाई आतंकित पार्नुका साथै भय सृजना गरि गुण्डागर्दी गर्ने , ब्यापार ब्याबसायीमा होमिएका ब्यापारीलाई समेत निर्वाध रूपमा काम गर्न नदिइ धम्काई रकम अशुली गर्ने जस्ता गलत क्रीयाक्रलाप गर्दै लस्मो समयदेखि फरार रहदै आएकोमा प्रहरीको टोलीले उनलाई सोमबार पक्राउ गर्न सफल भएको थियो ।

घट्नामा संलग्न रहेको आरोपमा यसअघि चितवन प्रहरीले नै भरतपुर महानगरपालिका १२ बस्ने बर्ष २८ को चन्द्रे भन्ने राजकुमार लामालाई १५ हजार घरौटी तिराई छुटेकोमा अन्य २ जना भने फरार रहेको र उनीहरुको समेत खोजी कार्यलाई सशक्त रूपमा अघि बढाइएको एसपी राठौर बताउनुहुन्छ ।

उता, गलत काम गरेर म उम्किन पाउन्छु भन्ने मानसिकता नराख्न सबैलाई एसपी राठौरले अनुरोध गर्नुभएको छ । प्रहरी भन्दा म एक कदम अघि छु भन्दै गलत कार्य गर्दै हिंड्ने सबैलाई त्यसो नगर्न र कानुनी दयारामा आउन उहाँले सबैलाई अपिल समेत गर्नुभएको छ ।

कानुनी नजरमा फरार हुन्छु भन्दैमा फरार हुन नसक्ने भन्दै उहाँले एक न एक दिन कानुनी दायराभित्र आउने नै भएकोले फरार अपराधीलाई सकेसम्म आत्मसम्पर्ण गर्न सुझाव दिनुभयो । यता , नागरिक लाई पनि कुनै ब्यक्ति शंकास्पद जस्तो लागे तुरुन्तै खबर गरेर समाजलाई भयरहित बाताबरण बनाउन सबैमा उहाँले अपिल समेत गर्नुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan