Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन जिल्लाको सवारी दुर्घटनामा मृत्युको विवरण सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २६ असार ।  पाँचथर : याङवरक गाँउपालिका-३ स्थित सडकमा च्याङथापुबाट फिदिमतर्फ जाँदै गरेको मे.१ ज २०५१ नम्बरको वोलेरो गाडी, मंगलबार आफैं अनियन्त्रीत भई सडकबाट अन्दाजी ३ सय मिटर तल खोल्सामा खस्दा याङबरक गाँउपालिका-२ फलैचा बस्ने ३५ वर्षीय कैलाश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक सहित अन्य ९ जना घाईते भएकोले उपचारार्थ जिल्ला अस्पताल फिदिम लगिएको छ ।

दाङ : तुलसीपुर उपमहानगरपालिका-५ मा ना.५ ख ५७६८ नम्बरको बसले मंगलबार पैदलयात्री रुकुम मुसीकोट नगरपालिका-५ बस्ने ६७ वर्षीय बलबहादुर खडकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ।

मोरङ : बुढिगंगा गाँउपालिका-१ गंगा चौकस्थित कोशी राजमार्गमा बिराटनगरबाट फत्तेपुरतर्फ जाँदै गरेको ना ४ ख ५००८ नम्बरको यात्रुबाहक बसले मंगलबार बुढिगंगा गाँउपालिका-३ बस्ने साईकल यात्री ६५ वर्षीय बिर्खबहादुर कार्कीलाई ठक्कर दिँदा  गम्भीर घाईते भएकाले उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan