Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिंदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २६ मंगलबार |
newsabhiyan

काठमाडौं,२६ असार । जुम्लामा अनशनरत डा। गोविन्द केसीको माग सम्बोधनका लागि नेपाल चिकित्सक संघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज सकिँदैछ ।

डा. केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई संघले गत आइतवार ज्ञापनपत्र बुझाएको थियो ।

डा. केसीको अनशनबारे राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

डा.केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरे स्वास्थ्य संस्था बन्द गराउन बाध्य हुने संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले बताए ।

तीन दिनसम्म पनि डा.केसीको माग सम्बोधनका लागि सरकारले कुनै पहल नगरेको भन्दै आगामी कार्यक्रम बारे योजना बनाउन संघ छलफलमा जुटेको बताइएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan