Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र‘नाईं नभन्नू ल-५’ को ट्रेलर सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ । नेपाली फिल्ममा अहिलसम्म कै लामो सिक्वेल बनेको फिल्म ‘नाईं नभन्नू ल’ को पाँचौं सिक्वेल फिल्मको अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ ।

बाल कलाकार अनुभव रेग्मी र नव-बाल कलाकार सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र नव-अभिनेता अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

ट्रेलरमा निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी लगायतका कलाकारहरु देखिएका छन् ।

फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् ।

भदौ ८ गते रिलिज हुने फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan