Sunday 22nd of July | २०७५ श्रावण ६ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भदौ २९ मा ‘साली कस्को भेनाको’ ट्रेलर सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । हा“स्य प्रदान सामाजिक चलचित्र ‘साली कस्को भेनाको’ ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको चलचित्रको ट्रेलर आइतबार बुढासुब्बा डिजिटलको युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो ।

भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्रमा बिल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बीरेन श्रेष्ठ, पुष्प आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । निकै रमाइलो चलचित्र बनाएकाले दर्शकले मन पराउने बिश्वास निर्देशक भद्रको छ ।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् ।

चलचित्रको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ । मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको चलचित्रको सम्पादन बनिष शाहले गरेका हुन् ।

‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउछन् । प्रसाद उनै हुन्, जसले पहिला कान्छी, कर्जालगायतका चलचित्र निर्माण गरेका थिए । लामो समयको अन्तरालपछि चलचित्र निर्माणमा पुनरागमन गरेका प्रसाद साली कस्को भेनाको बाट निकै आशावादी छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan