Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

केसीलाई काठमाण्डौ झिकाउने ओलीको तयारी, केसीको अर्कै सन्देश

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan

काठमाण्डौ । १२ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई काठमाण्डौ ल्याउने विषयमा प्रधानमन्त्री केपी ओलीले छलफल सुरु गरेका छन् ।

आफ्ना माग पूरा नभएसम्म अनशन बसिरहने अडान लिएर जुम्लामा अनशन बसिरहेका केसीको अवस्था जटिल बन्दै गएपछि ओलीले काठमाण्डौ ल्याउने तयारी गरेका हुन् ।

ओलीले यस विषयमा वालुवाटारमा विभिन्न सरोकारवाला पक्षलाई बोलाएर छलफल गरेको बताइएको छ ।

केही दिनअघिसम्म केसीको माग पूरा गर्न नसकिने भन्दै अडान लिएका प्रधानमन्त्री ओलीले चौतर्फी दबाबपछि केसीको स्वास्थ्य अवस्थाप्रति चिन्ता देखाएका हुन् ।

केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।

चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम संचालन गर्न आव्हान गरेको हो ।

यता चिकित्सा क्षेत्र सुधारसम्बन्धी माग राखेर जुम्लामा आमरण अनशनरत डा. केसीले आफू वार्ताका लागि तयार रहेको बताएका छन् ।

वार्ताका लागि गोविन्द केसी तयार नभएको सरकारी भनाइ प्रकाशमा आइरहेका बेला केसीले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेका छन् । उनले आफू वार्ताका लागि सधैं तयार रहेको भन्दै सरकारलाई यसको गृहकार्यमा जुट्न आग्रह गरेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan