Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकार मेडिकल माफिया, कालो कोट, एनजिओ र ठेकेदारको घेराबन्दीमा छ : नेता भण्डारी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले डा. गोविन्द केसीका केही मागहरु जायज भएको दाबी गरेका छन् ।

भण्डारीले केसीको माग पूरा भएमा कुनै राजनीतिक दल वा स्वार्थ केन्द्रित समुहले केही पनि नपाउने तर जनताले अवसर पाउने बताए । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले जनताले ठूला रोगको उपचार सहजै पाउन नसकेको अवस्थामा केसीका मागले उक्त समस्या समाधान गर्न सक्ने बताए ।

“शिक्षा र स्वास्थ्य सेवालाई नाफामुलक नगराउने केसीको अभियानलाई हाम्रो समर्थन छ । सरकारका सबै कुरा पनि बेठिक छैन । तर केसीले उठाएका जायज माग सम्बोधन गर्नुपर्छ ।” भण्डारीले भने ।

कुनै पनि कुराका लागि अनशन बस्ने वातावरण नबनोस भन्ने कांग्रेसको चाहना रहेको बताउँदै भण्डारीले सरकार यस कुरामा गम्भीर बन्नुपर्नेमा जोड दिए ।

अहिलेको सरकारले केही राम्रा काम गर्न खोजे पनि देशलाई बर्बाद बनाउनेहरुको षडयन्त्रमा प्रधानमन्त्री केपी ओली फसेको भण्डारीको तर्क छ ।

“वर्तमान सरकारले केही कुरा गर्न खोजे पनि उसको वरिपरि मेडिकलको नाममा, कालो कोटको नाममा, ठेकेदारको नाममा, एनजिओको नाममा यो देशलाई बर्बाद बनाउनेहरुको घेराबन्दी छ ।” भण्डारीले भने ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan