Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हत्या आरोपमा तीनजना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

वीरगंज :  पशुपति बैन्डका सञ्चालक भिखारी रामको हत्याको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

    वीरगंज महानगरपालिका वडा नं.–८, गहवा टोल बस्ने पशुपति बैन्डका सञ्चालक वर्ष ५५ को भिखारी रामको असार १० गते राति  हत्या भएको थियो ।

    हत्यामा संलग्न बारा, कलैया उ.म.न.पा.–२० बस्ने वर्ष ४० को महजिद मियाँ, सर्लाही, बरहथवा वडा नं.–१० बस्ने वर्ष ४२ को भरत थापा र कास्की पोखरा लेखनाथ न.पा.–१ बस्ने वर्ष २९ को विजय नेपालीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

    नेपाल टेलिकमदेखि पूर्व जाने रेल्वेरोड र लिंक रोडबीच गल्ली बाटोमा वादविवाद हुँदा महजिदले  भिखारीलाई बाटोमा लडाई ढुङ्गाले टाउकोमा पटक–पटक हिर्काएर मारेका थिए ।
    घटनामा संलग्न भरत थापा र विजय नेपालीले मृतकको शरीरको खानतलासी गरी निजसँग भएको मोबाइल लुटेर फरार भएका थिए ।

    प्रहरीले खोजतलासको क्रममा महजिदलाई २५ गते वीरगंज महानगरपालिका वडा नं.–२ बाट पक्राउ गरेको थियो । भरत र विजयलाई, असार १८ गते बिहान ९ः३० बजे घण्टाघरमा होहल्ला गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan