Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाम बताउन मिल्दैन, 'हेटौंडाको टोलीले छापा हान्यो भनेर लेख्दा हुन्छ'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

वीरगंज, २७ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय, हेटौंडाले नेपाल टेलिकम दूरसञ्चार क्षेत्रीय कार्यालय वीरगंज मातहत रहेको घण्टाघर कार्यालयमा हिजो साँझ छापा मारिएको छ । 

हेटौंडा कार्यालयका एकजना अनुसन्धान अधिकृतको नेतृत्वमा आएको तीन सदस्यीय टोलीले छापामारी गरी कार्यालयको केही फाइल र कागजात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
   

पौने चार बजे कार्यालय प्रवेश गरेको अख्तियारको टोलीले घण्टाघर कार्यालयका कार्यालय प्रमुख (उपप्रबन्धक) रामकैलाश पाण्डेसँग सोधपुछ गरी अनुसन्धानको सिलसिलामा कागजपत्र लिएर गएको कार्यालय प्रमुख पाण्डेले प्रतीकलाई बताए ।

“अहिले धेरै भन्न मिल्दैन, उहाँहरूलाई जुनजुन कागजात आवश्यक लाग्यो त्यो लगे” भनी बताए । असार ५ गते नेपाल टेलिकम वर्कर्स युनियनले दूरसञ्चारको क्षेत्रीय कार्यालय मातहतका कार्यालयमा व्यापक अनियमितता भएको भन्दै क्ष्ँेत्रीय निर्देशक प्रतुल सरकारलाई ज्ञापनपत्र बुझाएको सिलसिलामा छानबिन गर्न अख्तियारको टोलीले छापा मारेको हो ।    

टोलीमा जिल्ला प्रशासन कार्यालय, पर्साका केही कर्मचारीहरूको पनि सहभागिता रहेको अख्तियार टोलीका अधिकृतले बताए ।    

अनुसन्धानको क्रममा छापा परेको हो, अहिले टोलीको सदस्यहरूको नाम बताउन मिल्दैन, हेटौंडाको टोलीले छापा हान्यो भनेर लेख्दा हुने उनले बताए ।    

नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष पूरन साहको नेतृत्वमा गएको टोलीले २० दिन अघि बुझाएको ज्ञापनपत्रमा कार्यालयको प्रयोगको लागि खरिद गरिने जिन्सी सामग्री, कर्मचारीको सरुवामा कमिशनको खेललगायत व्यापक अनियमितता भएको उल्लेख गरिएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan