Sunday 18th of November | २०७५ मङ्सिर २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चलचित्र अनुराग’ को पोस्टर सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं असार । असोज १२ गतेलाई प्रदर्शन मिति लक गरिएको पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतमले निर्माण र अभिनय गरेको फिल्म ‘अनुराग’ को अफिसियल पोस्टर सार्वजनिक भएका छन् ।

पोस्टरमा नव अभिनेत्री एलिजा र नव अभिनेता समुन्द्र पण्डितलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ । कान्छा दाई र यस्तो साथी बोलका दुई गीत सार्वजनिक भइसकेको अवस्थामा सार्वजनिक पोस्टरले फिल्मप्रतिको उत्सुकता झनै बढाएको छ ।

‘अनुराग’ मा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो फिल्म सांगीतिक प्रेमकथामा आधारित छ ।

ऋषि धमला प्रस्तुतकर्ता रहेको फिल्मलाई सत्यराज चौलागाईंले निर्देशन गरेका हुन् । अनुरागमा लाइन प्रोडुसर दिपक गौतम रहेका छन् भने निर्मार्ण नियन्त्रक नबिन पुरी रहेका छन । 

भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan