Monday 19th of November | २०७५ मङ्सिर ३ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाबुकान्छा’ को अर्को गीत 'मेरो पहिलो प्रेम' सार्वजनिक (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । असार २९ गते बाट रिलिज हुन लागेको चलचित्र ‘बाबुकान्छा’ चलचित्रको गीत  सार्वजनिक गरिएको छ “मेरो पहिलो प्रेम ” बोलको उक्त गीतको भिडियोमा चलचित्रकै कलाकारहरू सलोन बस्नेत, करिश्मा श्रेष्ठले अभिनय गरेका छन् ।

गीतमा कमल खत्री, सुधा रत्नको स्वर गीत तयार पारिएको छ  । युवा पुस्तामा गीत निकै लोकप्रिय बन्ने कुरामा  निमार्ण पक्षले अपेक्षा गरेको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै सलोन बस्नेतले ‘बाबुकान्छा’ माथि आफ्नो ठूलो आशा र भरोसा रहेको बताए ।गीतको भिडियोलाई कोरियोग्राफी रामजी लामिछानेले तयार पारेका हुन् ।

चलचित्रमा सरोज खनाल, नीर शाह, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, मञ्जु पौडेल, सुशान्त श्रेष्ठलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।

निर्देशक बस्नेतकै लेखन तथा निर्माण रहेको चलचित्रमा गौतमराज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन रहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan