Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फेरि वामदेवलाई लडाउने खेल !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको ओकप्रियता र पार्टीमा पकडका कारण उनलाई विस्थापित गर्ने खेल शुरु नभए पनि सत्तारुढ दलभित्र केपीपछिको प्रधानमन्त्री र अध्यक्ष बन्ने विषय पेचिलो बन्दै गएको छ ।

अहिले आलीपछिको प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड बन्ने भन्ने उच्च तहमा समझदारी बनेको त छ, तर प्रचण्डमा राज्यसत्ता र पार्टी सत्ताको वागडोर सजिलै जानेमा भने शंका उत्पन्न हुन थालेको छ ।

पुरानो पुस्ताका नेताहरुमध्ये माधवकुमार नेपाललाई केपीको सक्सेसर र प्रचण्डको मूल प्रतिस्पर्धी आफू रक्षात्मक हुन सक्ने ठानेका प्रचण्डले वरिष्ठ नेता वामदेव गौतमलाई साथमा राखेर खेल खेल्ने चाल चलेको जानकारीमा आएको छ ।

त्यस निम्ति वामदेव गौतमलाई संसद्भित्र प्रवेश गराउने योजना प्रचण्डले बनाएका छन् ।प्रचण्डनिकट सूत्रले जनाएअनुसार कुनै निर्वाचित सांसदलाई राजीनामा गराएर रिक्त स्थानमा वामदेवलाई चुनाव लडाउने योजना प्रचण्डको छ । यतिबेला प्रचण्ड र वामदेव दुवैले सुरक्षित निर्वाचन क्षेत्र खोजी गरिरहेको बुझिएको छ ।

ज्ञातव्य छ, वामदेव गौतम आफूलाई केपी ओलीले चुनावमा पराजित गरिदिएको ठान्छन् । तर, त्यसबारे बोल्दा केपीले झनै अप्ठ्यारोमा पार्न सक्ने भयले मात्र उनी बोलिरहेका छैनन् ।

पूर्व एमालेले जितेको निर्वाचन क्षेत्रकाट चुनाव लड्दा जोखिम हुने भएकोले पूर्व माओवादी विजयी बनेको निर्वाचन क्षेत्रमा चुनाव लड्नेबारे विचार विमर्श भइरहेको बुझिएको छ ।

गत संसदीय निर्वाचनमा बर्दियाबाट पराजित हुनेवित्तिकै ललितपुरबाट चुनाव लड्ने विषयमा प्रचण्ड र गौतमबीच छलफल भएको थियो ।

नवराज सिलवाललाई राजीनामा गर्न लगाएर त्यहाँ वामदेव चुनाव लड्ने र सिलवाललाई अन्य कुनै उच्च तहको जिम्मेवारी दिने प्रस्ताव प्रचण्डको थियो ।

तर, वामदेवले आफ्ना शुभेच्छुकहरुबीच यस विषयमा छलफल गर्दा उक्त क्षेत्रमा नवराज सिलवालबाहेक अरु कसैले जित हासिल गर्न नसक्ने र त्यहाँ चुनाव लड्नु जोखिमपूर्ण हुने निष्कर्ष निस्किएपछि वामदेव पछि हटेका थिए,  घटना र विचारमा उल्लेख छ ।

नेपाल कम्युनिष्ट पार्टीमा प्रचण्डका सर्वाधिक विश्वासपात्रका रुपमा वामदेव गौतम देखा परेका छन् । वामदेवलाई लिएर प्रचण्डले के कस्तो खेल खेल्न लागेका हुन् सोको जानकारीका लागि केही समय प्रतीक्षा नगर्नुपर्ने भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan