Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिसिटिभी समेत फोरेर चोरी गर्ने समूहका दुई पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २७ असार । विगत केही समय अगाडिदेखि रातको समयमा उपत्यकाका विभिन्न स्थानमा रहेका घर, सहकारी तथा वित्तिय संस्थाहरुको ताला फोडी सिसिटिभी समेत फुटाई नगद तथा विभिन्न धनमाल चोरी गर्ने कार्यमा संलग्न नुवाकोट तादी गाउँपालिका-६ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय दिपेश भन्ने बुद्धबहादुर तामाङ र सोही ठाउँ घर भई हाल काठमाडौं धापासी बस्ने ३३ वर्षीय सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

  गत असार ९ गते  काठमाडौं तारकेश्वर नगरपालिका-९ शुभकामना चोकस्थित कोपिला धमला अधिकारीको घरमा नगद ११ लाख ८२  हजार रुपैयाँ, सुनको ब्रासलेट तथा मोटरसाइकल समेत  गरी करीब १८ लाख ९४ हजार २ सय ५० रुपैयाँ बराबरको धनमाल चोरी गरी लगेको घटना अनुसन्धान गर्ने क्रममा चोरी कार्यमा संलग्न बुद्धबहादुर र सुजनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि बुधबार महानगरीय प्रहरी बृत्त बालाजु  काठमाडौं पठाएको हो ।

  उनीहरुको साथबाट चोरी गरेको नगद १ लाख ९९ हजार, चोरी गर्न प्रयोग गर्ने फलामका रड, सुन, चाँदिका गहना, मुगा माला, टिभी, क्यामेरा तथा लागूऔषध फेनरागन, डाइजेल्याब र नोर्फिन ३४ थान समेत बरामद भएको छ । प्रारम्भिक सोधपुछको क्रममा निजहरुले उपत्यकाका विभिन्न स्थानहरु पुरानो गुहेश्वरी, बलाजु, मनमैजु लोलाङ तथा ललितपुरको  हात्तिबनमा समेत चोरी गरेको खुल्न आएको  छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan