Tuesday 13th of November | २०७५ कार्तिक २७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेगा बैंकले ३६५ दिन नै सेवा दिने, सेवा अवधि पनि बढाइयो (३६५ दिन नै सञ्चालन हुने शाखाहरु)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, २७ असार । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखि उपत्यका भित्र र उपत्यका बाहिरका शाखा कार्यालयहरुको कारोबार समयावधि बढाएको छ । 
 
ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले राजधानी भित्र र बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको हो ।
 
काठमाडौंको राइजिङ मलस्थित केन्द्रिय कार्यालय भवनमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएको छ भने ठमेल शाखाले पनि साँझ ८ बजेसम्म सेवा दिँदै आएकोे छ । साथै उक्त शाखाहरुबाट वर्षमा ३६५ दिन नै ग्राहकले सेवा पाउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।
 
यसैगरी, उपत्यका भित्रकोे कलंकी, जावलाखेल र न्यूरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्नेछन् भने गोंगबु शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । उपत्यका बाहिरको जनकपुर शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म र हेटौंडा–क्ष्क्ष् शाखाबाट बेलुकी ६ बजेसम्म सेवा लिन मिल्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । 
 
ग्राहकको सुविधालाई प्राथमिकतामा राखेर देशभरका विभिन्न शाखाहरुबाट शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत बैंकिङ्ग सेवा लिन मिल्ने व्यवस्था मिलाएकोे बैंकले जनाएको छ ।
 
उपत्यकाभित्रका शाखाहरुमध्ये ६ वटा शाखाहरु र उपत्यका बाहिरका शाखाहरुमध्ये १० वटा शाखाहरु शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुनेछन् । उपत्यकाभित्रका थप ४ वटा शाखाहरु र उपत्यकाबाहिरका थप ३ वटा शाखाहरु शनिवार बाहेक अन्य सार्वजनिक बिदामा पनि खुल्ला रहने बैंकले जनाएको छ । शनिवार तथा सार्वजनिक विदाको दिनमा संचालन हुने शाखाहरु मध्ये गोंगबु र न्यूरोड— क्ष्क्ष् शाखा दिउँसो २.०० बजे देखि बेलुका ५.०० बजेसम्म संचालन हुनेछन् भने बाँकी शाखाहरु विहान ११.०० बजे देखि दिउँसो २.०० बजे सम्म संचालन हुनेछन् ।
 
‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकको हाल देशभर ९९ शाखा, १४ एक्टेनशन काउन्टर, २,००० मेगा रेमीट सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु, ७४ मेगा मनी मेशिन छन् । आउने आर्थिक बर्षमा समेत थप शाखा कार्यालयहरु, एक्शटेनसन काउन्टर, एटीएम सञ्जाल, शाखारहित केन्द्रहरु र मेगा रेमिट एजेण्टहरु खुल्ने मेगा बैंकले जनाएको छ साथै ग्राहकको चाहना बमोजिम नयाँ नयाँ सुविधाहरु थप्दै गुणस्तरीय सेवा प्रदान गर्ने बैंकले जनाएको छ । 
३६५ दिन नै सञ्चालन हुने शाखाहरु
 
- कमलादी
- ठमेल
 
शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुने शाखाहरु
 
- जावलाखेल
- महाराजगंज
- बौद्ध
- न्यूरोड–  
- विरगञ्ज–  
- नारायणगढ 
- भैरहवा
- बुटवल
- भोजपुर
- ओखलढुङ्गा
 
- पोखरा 
- बिराटनगर 
- धनगढी
- इटहरी
 
शनिवार बाहेक अन्य सार्वजनिक बिदामा सञ्चालन हुने शाखाहरु
 
- ज्ञानेश्वर
- नयाँबानेश्वर 
- कलंकी
- गोंगबु
- बिर्तामोड
- नेपालगंज
- हेटैडा 
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan