Tuesday 17th of July | २०७५ श्रावण १ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनमोहन स्मृति कराते शनिबार,जुडो टोली हङकङ र मकाउ जाने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan

मनमोहन स्मृति कराते शनिबार

नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो घण्टाघरको आयोजनामा प्रथम मनमोहन स्मृति उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबार हुने भएको छ ।

       प्रतियोगितामा करिब ३ सय खेलाडीले विभिन्न २१ स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरिबहादुर राउतले जनाएका छन् । पुरुषमा ११ र महिलामा १० स्पर्धा समावेश छन् । एकदिने प्रतियोगिताका खेलहरु पुतलीसडकस्थित स्नो एपेक्स स्कुलमा हुनेछ ।

 

जुडो टोली हङकङ र मकाउ जाने

दुई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली जुडो टोली हङकङ र मकाउ प्रस्थान गर्ने भएको छ ।

टोली पहिले हङकङमा जुलाइ १४ र १५ तारिखमा हुने एसियन कप क्याडेट तथा जुनियर जुडो प्रतियोगितामा सहभागी हुनेछ । सोनिया भट्टले क्याडेटतर्फ महिला ४४ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । त्यसपछि सोनियाले मकाउमा जुलाइ २० देखि २२ तारिखसम्म हुने सोही नाम गरेको प्रतियोगितामा भाग लिने छिन् । दुवै प्रतियोगितामा सुनिता मगर ताम्राकारले प्रशिक्षकको भूमिका निर्वाह गर्नेछिन् ।

टोलीलाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे । अध्यक्ष श्रेष्ठले अक्टोबरमा अर्जेन्टिनामा हुने युथ ओलम्पिकको तयारीलाई मध्यनजर गरी ओलम्पिक कमिटीले खेलाडीलाई प्रतियोगितामा सहभागी गराउन लागेको जानकारी गराए । सोनिया युथ ओलम्पिकका लागि छनोट भएकी खेलाडी हुन् । टोली बिहीबार प्रस्थान गर्नेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan