Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हिन्दुराष्ट्र पुर्नस्थापना जनजागरण अभियान गर्ने भन्दै राष्ट्रिय प्रजातन्त्रको बैठक सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan

काठमाडौं,२७ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक सम्पन्न भएको छ । पार्टीले सात बुँदे निर्णय गर्दे बैठक सम्पन्न गरेको जनाएको छ ।

पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा हिजोबाट प्रारम्भ भएको पार्टीको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठक आज समापन भएको छ । उक्त बैठकले देहाय बमोजिमका निर्णयहरु गरेको छ :

१. मंसिर मसान्तसम्म नयाँ थप ५०,०००।– सक्रिय सदस्य बनाउने गरी सक्रिय सदस्यता वितरण अभियानकै रुपमा प्रारम्भ गर्ने ।
२. चैत्र मसान्तभित्र प्रदेश अधिबेशन सम्पन्न गर्ने ।
३. पुस मसान्तभित्र गाउँ÷नगरपालिकाको वडा तहसम्म कार्य समिति गठन र पुर्नगठन गर्ने ।
४. भाद्र १५ भित्र प्रदेश स्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने ।
५. पुस मसान्तभित्र संयोजित संगठनहरुको गाउँ तहसम्म कार्य समिति गठन गर्ने ।
६. श्रावण महिनाभित्र हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियानको प्रदेश स्तरीय कार्यक्रमको शुभारम्भ गर्ने ।
७. चैत्र मसान्तभित्र संयोजित संगठनहरुको केन्द्रीय महाधिबेशन सम्पन्न गर्ने ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan