Saturday 21st of July | २०७५ श्रावण ५ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमित बावु रोकायाको मौलिक लय सिर्जनामा “पागल बनम्ला” - भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार २७ बुधबार |
newsabhiyan
newsabhiyan

रोशन पोखरेल , काठमाडौँ । नेपाली लोक गायनको क्षेत्रमा वियोगान्त गीतको विशिष्ट किसिमको पहिचान र स्थान रहेको छ ।

मनका भित्री भावहरुलाई समेटेर गीत तयार गर्ने क्रम बढ्दो मात्रामा रहेको छ ।

जिवनका कहाली लाग्दो अवस्थाका बास्तविक भोगाईहरुलाई मौलिक भाकामा आफनो वियोगान्त बाध्यतालाई समेटनका लागी कलाकारहरु खपिस रहेका छन ।

नेपाली लोकदोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका देवी धर्ति र गायक विजय कुमार गैरेको स्वरले सजिएको “पागल” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतको अडियो तथा भिडियोलाई बुर्तिबाङ म्युजिक प्रालीले बजार ब्यावस्थापन गरेको हो ।

आफुले माया गरेको मान्छेले छोडेर गए पछिको वियोगान्त प्रेम भावले सुसजित रुपमा यस गीतको समेटिएको छ ।

विजय कुमार गैरेको मार्मिक शब्द तथा गायक तथा संगीतकार अमित बावु रोकायाको मनै छुने लय सिर्जनामा गीत रहेको छ ।

म्युजिक भिडियोमा कृष गौत्तम र सिर्जना लामाको मन छुने अभिनय देख्न सकिन्छ । भिडियोलाई अर्जुन कुमारले छायाँकन र रविन विकले सम्पादन गरेका छन ।

गीतको भाव अनुसारको कलाकारहरुलाई प्रोत्सान गर्ने काम भिडियो निर्देशक अमित बराइलीले गेका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan