Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

त्यो पनि नेपालमै ! लिङ्ग सानो भयो भन्दै श्रीमानसँग सम्बन्ध बिच्छेद

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३० शनिबार |
newsabhiyan
newsabhiyan

इनरुवा । इनरुवा २ घर भएका दुई जोडी श्रीमान श्रीमती बीचको सम्बन्ध विवाह भएको एक वर्षमै सम्बन्ध बिच्छेद हुने अवश्थामा पुग्यो ।

दुई वटा जोडीहरु बीच कुनै घरायसी विवाद, झै झगडा र मनमुटाव भने थिएन ।

उनीहरुको जीवन विवाह भएको ६ महिनासम्म भने सुमधुर रुपमा आपसी मेलमिलापका साथ चलिरहेको थियो ।

६ महिनापछि भने ति दुवै जोडीहरु बीच आपसी मनमुटाव सुरु भयो ।

उनीहरुको झगडाले सार्वजनिक रुप धारण ग¥यो ।

अन्ततः सो विवाद इनरुवा नगरपालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरुले समस्याको न्याय निरुपण गरेपछि सम्बन्ध बिच्छेदमा गएर विवाद सुल्झियो ।

इनरुवा २ का वडा सदस्य तथा इनरुवा नगरपालिकाका न्यायीक समितिका सदस्य रञ्जेश भट्टराईका अनुसार इनरुवा २ निवासी विवाहित महिला पुरुषले मेयर वडाअध्यक्ष लगायतका जनप्रतिनिधिहरुका बीचमा उनीहरुको समस्यालाई राखे तर सुन्न बसेका जनप्रतिनिधिहरु आश्चर्य चकित हुने पुुगे ।

न्यायीक समितिका सदस्य भट्टराईका अनुसार श्रीमानले आफुले श्रीमतीलाई कुनै दुःख नदिएको खान लाउन र माया ममतामा कुनै कमी नगरे बताउँदै आफु श्रीमतीलाई छाडने स्थिति नरहेको समितिमा बताएका थिए ।

उनको दावीलाई उनकी श्रीमतीले पनि सत्य भएको भन्दै स्वीकार गरिन तर श्रीमतीले दुई जनाबीचको समबन्धका बारेमा अनौठो प्रकृतिको सवाललाई राखिन ।
सदस्य भट्टराईका अनुसार विवाह भएको लामो समयसम्म आफु श्रीमानबाट यौन सन्तुष्टीको आशा राखेर घरजम गरेर बसे पनि श्रीमानले आफुलाई यौन सुखको अनुभुति समेत दिलाउन नसकेकाले जवानीलाई सधै रातभर कुण्ठाका रुपमा मनमा दवाएर बस्न नसके पछि समाजलाई सुनाउन बाध्य भएको बताएकी थिईन ।

श्रीमानको लिङ्ग पुरुषमा हुने पर्ने भन्दा ज्यादै सानो भएको र यौन सम्पर्क समेत राख्न नसक्ने भएकाले आफुले श्रीमानसँग सम्बन्ध बिच्छेद गर्नुको विकल्प नरहेकाले छाडन चाहेको बताईन ।

पञ्च भलादमीका रुपमा सहभागी भएका जनप्रतिनिधिहरुले दुवै जनाको कुरा सुने पछि दुवैको मञ्जुरीमा सम्बन्ध बिच्छेदका लागि बाटो खुल्ला गर्दै आपसी रुपमा छुट्टिने निर्णय गरिदिए ।

यसरी महिलाले श्रीमानको लिङ्ग सानो भएकाले यौन चाहना अनुसार सन्तुष्टी बनाउन नसकेको घटना यो एक जोडीको मात्र घटनाका नभएरसँगै सोही वार्डमा अन्य एक जोडीको हकमा समेत यही प्रकृतिको घटनालाई सामाजिक पञ्चायतीमा सम्बन्ध बिच्छेद गराएर मिलापत्र गराईएको वडाअध्यक्ष सुरेन्द्र यादव श्रवणले बताए । न्यूज अभिउानका लागि बर्णमालाका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan