Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गृहमन्त्रीको कुर्लाई ! 'मच्चियो मच्चियो थच्चियो'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३१ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, ३१ असार । गृहमन्त्री रामबहादुर थापाको उद्घोष अन्ततः सोझासिधा जनता तर्साउनका लागि भएको सर्वसाधारणले ठहर गरे ।

मच्चियो मच्चियो थच्चियो गृहमन्त्रीको कुर्लाई यस्तै चर्चा चलेको छ शहरदेखि गाउँ सम्म । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री थापालाई आशा र विश्वासका रुपमा हेरिएको थियो ।

शुरुमा सुनकाण्डमा ठूला माछालाई पनि नछाड्ने बताएका थापाले विस्तारै साना भुरामाछालाई पनि कारबाही गर्न नसकेको चर्चा चलेको छ ।

मुलुकका भ्रष्ट, तस्कर र कालाबजारिया कसैलाई नछाड्ने बताएका मन्त्री थापाले आजसम्म एकजना पनि भ्रष्ट, तस्कर, माफिया र कालाबजारियाहरुलाई कारबाही नगरेको सम्बद्ध स्रोतले बताएको छ ।

यातायात व्यवसायीहरुको सिन्डिकेट तोडिएको व्यापक चर्चा गरिए पनि हालसम्म यातायात व्यवसायीहरुले सुनेको नसुकैझैँ गरेर कम्पनीमा नगएको जानकारहरुले बताएका छन् ।

कामचोर ठेकेदारहरुका विरुद्धमा खरो रुपमा उत्रेका गृहमन्त्री थापालाई निर्माण व्यवसायीहरुको आग्रहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नै छेकवार लगाएको चर्चा चलेको छ ।

मन्त्री महासेठ सिन्डिकेटको विपक्षमा यातायात व्यवसायीहरुको आर्थिक प्रलोभनमा फसेको र कामचोर ठेकेदारहरुबाट समेत शुभलाभ ग्रहण गरेको समाचार स्रोतले बताएको छ ।

यता, आइएनजिओ र एनजिओलाई नियन्त्रण र नियमन गर्ने बताएका गृहमन्त्री थापा पछाडि हट्न बाध्य भएका छन् ।

आइएनजिओ र एनजिओमा काम गर्ने व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने गृहमन्त्रीले बताएपछि कूटनीतिक नियोगका पदाधिकारीहरुको अस्त्रले गृहमन्त्री थापालाई असर गरेको नयाँ बिर्मशमा उल्लेख छ ।

हाल डिएफआईडी र युएनडिपीले नेपालमा विभिन्न नाममा लगानी गर्दै आइरहेका छन् ।

यिनै दातृ निकायको दबाबमा प्रधानमन्त्रीले गृहमन्त्रीलाई पछाडि हट्न बाध्य पारेको व्यापक चर्चा चलेको छ ।

यसरी एकपछि अर्को निर्णय गर्दै पछाडि हटेका गृहमन्त्री थापाप्रति जनताको भरोसा कम हुन थालेको समाचारमा उल्लेख छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan