Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुुलुकको आर्थिक अवस्था सम्वन्धी ११ महिनाको प्रतिवेदन सार्वजनिक, राष्ट्र बैंक भन्छ, ११ महिनामा छ खर्ब ७९ अर्ब ७३ करोड रुपैयाँ रेमिटेन्स भित्रियो

न्यूजअभियान | प्रकाशित मिति : २०७५ असार ३२ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३२ असार । नेपाल राष्ट्र बैैंकले आज सोमबार मुुलुुकको आर्थिक अवस्था सम्वन्धी ११ महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन अनुसार चालुु आवको ११ महिनामा रेमिटेन्स सात दसमलव तीन प्रतिशतले वृद्धि भई छ खर्ब ७९ अर्ब ७३ करोड पुगेकोे छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह पाँच दसमलव आठ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाह भने  शुन्य दसमलव एक प्रतिशतले बढी सात खर्ब ७६ अर्ब २७ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ दसमलव छ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा आठ दसमलव दुुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या तीन दसमलव पाँच प्रतिशतले घटेको थियो । 

थप खबरका लागि तलको लिंक क्लिक गर्नुहोस् :-

मुुलुकको आर्थिक अवस्था सम्वन्धी ११ महिनाको प्रतिवेदन सार्वजनिक, राष्ट्र बैंक भन्छ, ११ महिनामा छ खर्ब ७९ अर्ब ७३ करोड रुपैयाँ रेमिटेन्स भित्रियो

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan