Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारलाई रामचन्द्रको प्रश्न ‘राजदुत नियुक्तीको सिफारिसमा संविधानको आशयमा प्रहार भएन ?’

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले भारतका लागि राजदुत नियुक्तीका लागि सिफरिस गरेको विषय र राजदुतले प्रधानमन्त्रीबाट शपथ लिनुपर्ने व्यवस्थाप्रति चासो व्यक्त गरेका छन् ।

पौडेलले सो विषयमा आफ्नो फेसबुक पेजमा संविधानले भविश्यमा हुने सरकारी नियुक्तीका कारण संवैधानिक अंगका पदाधिकारीहरुको कार्यसम्पादनमा प्रभाव नपरोस भनेर संविधानको धारा २४५ को उपधारा ८ को व्यवस्था गरिएको उल्लेख गरेका छन् ।

उनले संविधानको धारा समेत उदेत गरेर फेसबुकमा लेखेका छन्–‘ नेपालको संविधानको धारा २४५ को उपधारा ८ मा भनिएको छ, ‘निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य हुने छैन ।’

यो संवैधानिक व्यवस्थाको आशय भनेको भोली हुने सरकारी नियुक्तका कारण निर्वाचन आयोग जस्ता संवैधानिक आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुको कार्यसम्पादनमा प्रभाव नपरोस भन्ने हो ।’

त्यसैगरि राजदुतले प्रधानमन्त्रीबाट शपथ लिने व्यवस्थामा समेत पौडेलले असहमति जनाएका छन् । उनले राजदुतले सरकारको नभई राष्ट्रको प्रतिनीधित्व गर्ने भएकाले शपथ राष्ट्रपतिबाट हुनुपर्ने उल्लेख गरेका छन् ।

पौडेलले फेसबुकमा लेखेका छन्–‘ राजदुत भनेको सरकारको मात्र होइन राष्ट्रको  प्रतिनीधित्व गर्ने हुनाले प्रधानमन्त्रीले शपथ ग्रहण गराउने कुरा मिल्दैन् । राजदुतको शपथ ग्रहण राष्ट्रपतिबाट नै हुनुपर्छ ।

राष्ट्रपति भनेको राष्ट्राध्यक्ष हो । प्रधानमन्त्री भनेको कुनै दल विषेशको हुन्छ । राजदुत बनेर गएको मुलुकमा ओहोदाको प्रमाणपत्र पनि त्यो देशको राष्ट्रप्रमुखलाई बुझाउछ । नेपालमा आउने राजदुतहरुले पनि राष्ट्रप्रमुखलाई नै ओहोदाको प्रमाणपत्र बुझाउने गर्दछन् । राजदुतको शपथ प्रधानमन्त्रीले गराउन मिल्दैन ।’


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan