Thursday 16th of August | २०७५ श्रावण ३१ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बिजुली अफिसमै रक्सीपाटी, कुलमान चकित, प्रहरीले यसरी समयो (भिडियो)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १ मंगलबार |
newsabhiyan

पोखरा । सरकारी कार्यालय अगाडी नै कर्मचारीहरु बसेर रक्सी र मासु खाईरहेका थिए । कर्मचारी मात्र थिएनन् उनका परिवार र बालबच्चा पनि मासु चिउरा खान पाएकोमा खुसी थिए र भन्दै थिए बाबाले पार्टी छ भनेर ल्याउनु भएको, मासु भुजा खान पाईयो ।

प्रशंग हो नेपाल बिद्युत प्राधिकरण पोखरा ग्रिड शाखा लेखनाथको । हामीलाई कसैले सूचना दिएका थिए । प्राप्त खबर अनुसार हामी त्यहा पुगेका थियौं । हामी पुग्दा उक्त स्थानमा पार्टी छ भन्ने कुराको टुङ्गो बाहीर गेट बाटनै लाग्यो किनकी बाहीर गेटमा बस्ने सेक्युरीटी गार्डले पनि मासु चिउरा खाईरहेका थिए ।

सुरुमा उनले भित्र जान रोकेजस्तो थरे पछि हामी पनि उक्त पार्टीमा सहभागि हुने भनेपछि सेक्युरीटीले हामीलाई भित्र जान अनुमति दिए र आफ्नो ध्यान हामीतिर भन्दा बढी प्लेटको मासुतिर दिए ।

हामी अगाडी बढीयो । सरकारी कार्यलयको भवन अगाडीनै कार्यलय प्रमूख कैलाश पन्त सहित २३ जना कर्मचारी रक्सी र मासुको पार्टीमा थिए ।


सरकारी कार्यालयको अगाडी, भएभरका कर्मचारी र ब्राण्डेड रक्सीका बोत्तल तथा बियरका बोत्तल साथमा मासु भुजा÷चिउराको साथमा कर्मचारीहरु रमाईहरेको थिए । कता कता रिस उठिरहेको थियो ।

जनताको करबाट सरकारी तलब खाएर मोझ गर्नेहरु प्रति कता कता लाज पनि लागिरहेको थियो । यो दृश्य देखिरहँदा ।

हामी गएर फोटो÷भिडियो खिच्दा पनि ति कर्मचारीहरुमा कुनै संबेदनात्मक परिवर्तन देखिएन । उनिहरु हामीलाई हेर्दै प्लास्टिकको गिलासमा रहेको यो भोड्का र प्लेटको मासुको स्वाद लिईरहेका थिए ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan