Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यात्रुवाहक भ्यान एक आपसमा ठोक्किँदा दुईको मृत्यु,दुई गम्भिर

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण १ मंगलबार |
newsabhiyan

कञ्चनपुर, १ साउन : कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्ँिकदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी करीब ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय, कृष्णपुरका प्रहरी नायब निरीक्षक भरत धामीले बताउनुभयो । मृत्यु हुनेमा कैलालीको गोदाबरी नगरपालिका–४ का २४ वर्षीया रीना चौधरी र उनको एक वर्षीय छोरा रिदम रहेको प्रहरीले जनाएको छ ।

महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म १ ज २५० नं भ्यान र धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बा १० ज ४९१८ नं को म्याजिक भ्यान एक आपसमा ठोक्ँिकएका हुन् । घाइतेको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भरहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan