Sunday 21st of October | २०७५ कार्तिक ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३ बिहिबार | RSS
newsabhiyan

विराटनगर, ३ साउन (रासस) ः विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा पाँच दशमलव ०२ प्रतिशत ज्यादा उठाएको छ ।

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ रु १३ अर्ब ४४ करोड ९२ लाखको लक्ष्यमा रु १३ अर्ब ८५ करोड २४ लाख राजस्व संकलन गरिएको छ ।

यसैगरी, मूल्यअभिवृद्धि करतर्फ रु १३ अर्ब २२ करोड ५७ लाख उठाउने लक्ष्य रहेकोमा रु १७ अर्ब ५३ करोड १३ लाख राजस्व संकलन गरिएको छ ।

यस्तै, अन्तःशुल्कको वार्षिक लक्ष्य रु चार अर्ब ५६ करोड ९९ रहेकोमा रु एक अर्ब ४२ करोड ८८ लाख राजश्व संकलन भएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan