Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चोरका अनेक दाउ : मिटर बाइपास गरी बिद्युत चोरी गर्ने २१ जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३ बिहिबार |
newsabhiyan
newsabhiyan

प्रनिश थापा, चितवन, ३ साउन । नेपाल बिद्युत प्राधिकरण रत्ननगर शाखाले बिद्युत चोरी नियन्त्रण एवं चुहावटलाई नियन्त्रणमा लिन सशक्तरुपमास लागि परेका छन् ।

प्राधिकरणले बिद्युत लाईन वाईपास गरी विद्युत चोरी गर्ने २१ जना ग्राहकलाई समेत कार्वाही गरेकोे जनाएको छ ।

केन्द्रका प्रमुख चुटुन कुमार श्रीवास्तवका अनुसार मिटर बाइपास गर्ने ७ सय ४५ जना ग्राहकमध्य २१ जना ग्राहकलाइ कार्वाही गरेको जनाएको हो ।

उहाँको अनुसार हामीले शंकास्पद रूपमा रहेका ७ सय ४५ जना ग्राहकको मिटर विभिन्न समयमा अनुगमन गरेका थियौँ ।

त्यस क्रममा, मिटरलाईन वाईपास गरेर विद्युत चोरी गरेको पाइएपछि उनीहरुबाट कार्वाहीस्वरुप ३ लाख १७ हजार राजस्व संँकलन भएको छ । हाम्रो यो नियमित प्रक्रिया हो ।

हामीले विभिन्न समयमा कडाइका साथ छड्के अनुगमन गरेका छौँ । यता, बाँकी रहेको बक्यौता तिर्न पटक पटक अनुरोध गर्दा समेत नतिर्ने ग्राहकप्रति समेत प्राधिकरण आक्रमक रूपमा लागि परेको छ ।

प्राधिकरणले लामो समयसम्म महशुल नतिर्ने ८ सय ८५ जना ग्राहकको लाइन काटिएकोमा पछि कार्यालयमा आइ महशुल बक्यौता बुझाएबापत झन्डै २ करोड ५९ लाख ५ हजार रुपैयाँ जरिवाना उठाइएको कार्यालय प्रमुख श्रीवास्तव बताउनुहुन्छ ।

उहाँका अनुसार लाइन काटेका ६ सय ३८ मध्यले कार्यालयमा आइ महशुल तिरेको मध्येबाट २ करोड १ लाख ७२ हजार रुपैयाँ राजश्व उठेको हो ।

केन्द्रअन्तगर्त रहेका ५४ हजार ग्राहकबाट मासिक ५ करोड रुपैयाँ महसुल संँकलन गरिएको बताउनुहुँदै उहाँले बिद्युत चुहावट नियन्त्रणतर्फ सबैले उल्लेखनीय भुमिका खेल्नुपर्नेमा समेत जोड दिनुभयो ।

चोरी नियन्त्रण अभियानमा प्राधिकरणलाई सहयोग गर्नुपर्ने बताउनु हुँदै उहाँले केहि सिमित ब्यक्तिका कारण सिंगो नगरपालिका प्रति नै औंल्ला ठहरिएको र यस्मा सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्था आएको समेत बताउनुभयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan