Tuesday 11th of December | २०७५ मङ्सिर २५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सरकारविरुद्ध आन्दालनको तयारीमा निजामती कर्मचारी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ३ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ साउन । प्रस्तावित संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदाको विषयलाई लिएर निजामति कर्मचारीहरुले सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कर्मचारीको अवकाश उमेर ५८ राख्ने कि ६० राख्ने भन्ने विषयमा सरकार र कर्मचारीका विषयमा सबैभन्दा बढि विवाद रहेको छ ।

मन्त्रालयले सुरुमा बनाएको अवकाशको उमेर ५८ बनाउनु पर्ने विषयमा कमचारीहरु लविङमा रहेका निकटस्थ स्रोतहरुले बताएका छन् । कर्मचारीहरूले आफुहरुको सहमति विना ऐन पास गरिए सरकारलाई असहयोग गर्ने चेतावनी दिएका छन् ।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदामा कर्मचारीहरूले मात्रै होइन, समान्य, अर्थ र कानुन मन्त्रालयको फरक फरक धारणा राखेको स्रोतहरुले बताएका छन् ।

कर्मचारी संगठनले मस्यौदा हुवहु आएमा आन्दोलनमा उत्रने चेतावनी दिएपछि संघीय मामला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित विखलबन्दमा परेका छन् ।

लोकसेवा आयोगमा सहमतिका लागि पठाउन बाँकी रहेका मस्यौदामा राखिएको केही प्रावधानमाथि असहमति जनाउने पक्का आयोगका कर्मचारी बताउँछन् । मन्त्रिपरिषद् बैठकमा लैजानुअघि मस्यौदामा कानुन, अर्थ र लोकसेवाको आयोगको सहमति लिनुपर्ने प्रावधान छ ।

कानून र अर्थले सहमति नदिएपछि समान्यले मस्यौदा अघि बढाउन सकिरहेको छैन । अर्थले मस्यौदामा राखिएका १२ वटा बुँदामा असहमति जनाउँदै आफ्नो राय दिइसेको छ । कानून मन्त्रालयले मस्यौदालाई सहमति नदिई संघीय मामिलामा पुनः पठाएको छ ।

स्रोतका अनुसार मस्यौदामा तीन वटा मन्त्रालयको फरक—फरक धारणा आएपछि संघीय मामिला मन्त्रालयले मस्यौदामा एउटै धारणा बनाउने प्रयास गरेको छ ।

आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्यप्रसाद ढकालको नेतृत्वमा गएको निजामति कर्मचारीहरुको टोलीले मन्त्री पण्डितलाई भेटी अर्थ मन्त्रालयले दिएको सझाव कार्यान्वयन गरेमा आधिकारिक ट्रेड यनियनले विरोध जनाउने बताएको थियो ।

कार्यान्वनयमा रहेको निजामती सेवा ऐन २०४९ मा कर्मचारीको अवकाश उमेर ५८ रहेको छ । अर्थ मन्त्रालयले केही दिनअघि संघीय सरकारलाई पठाएको सझावमा भने कर्मचारीको अवकाश उमेर ६० राख्न राय दिएको छ ।

त्यसपछि कमचारीहरु ऐनको मस्यौदाको विरुद्ध रहदै आन्दोलनको चेतावदी दिदै आएका छन् । अभियान टाइम्सका सथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan