Thursday 18th of October | २०७५ कार्तिक १ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अपहरण शैलिमा डा. केसीलाई काठमाडौं ल्याएको आरोप, यसरी ल्याईयो काठमाडौं !

नेपाललाई संसारकै शैक्षिक गन्तव्य बनाउन सकिने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ४ शुक्रबार | पत्रपत्रिका
newsabhiyan
newsabhiyan

 काठमाडौं, ४ साउन  । बीपी राजमार्गमा बिहीबारबाट यात्रुवाहक बस र मालवाहक ट्रक गुड्न थालेका छन् । सर्वोच्च अदालतको पछिल्लो आदेशले ३२ सिटे बस र भारवहनसहित १६ टनसम्मका मालवाहक ट्रक सञ्चालनको बाटो खुलेको हो । अदालतको आदेशपछि रुट परमिट भएका यात्रुवाहक बसलाई दिउँसो र मालवाहक ट्रक राति चलाउन खुला गरिएको स्थानीय प्रशासनले जनाएको छ ।


सर्वोच्च अदालतका न्यायाधीशद्वय मीरा खडका र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले ठूला गाडी चलाउन सकिने आदेश दिएको थियो । यसअघि सर्वोच्चकै न्यायाधीश सपना मल्ल प्रधानले जारी गरेको अन्तरिम आदेशमा १८ सिटसम्मको यात्रुवाहक बस र भारवहनसहित १० टनसम्मका ट्रक मात्र सञ्चालन गर्न सकिने फैसला आएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ३२ सिट क्षमताका यात्रुवाहक बस र १६ टन भारवहन क्षमताका मालवाहक सवारीसाधन चल्न दिने निर्णय गरेपछि अधिवक्ता कैलाशराज दाहालले राजमार्गको भविष्य खतरामा पर्ने भन्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए ।

बीपी यातायात सेवा समितिका कान्छामान वलसहितले यात्रुवाहक र मालवाहक सवारीसाधन बीपी राजमार्ग चल्न नदिँदा एकातिर व्यवसायी मर्कामा परेको र अर्कोतर्फ यात्रुले सास्ती व्यहोर्नुपरेको भन्दै अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमै रिट दर्ता गरेका थिए ।

‘लामो समयपछि न्याय पाइएको छ,’ समितिका वलले भने, ‘राजमार्ग भनेको यातायातका साधन चल्नका लागि हो न कि रोक लगाउन, अब यात्रुले सास्ती बेहोर्नुपर्दैन भने ढुवानीमा समेत सहजता आउनेछ ।’

न्यायाधीशद्वय खडका र खतिवडाले गरेको आदेशमा नेपाल सरकारले यातायात सञ्चालन, नियमित र व्यवस्थित गर्न आवश्यक प्रबन्ध मिलाउन सक्ने भएको र विवादित निर्णयमा तोकिएको सर्त र परिधिभित्र रही मापदण्ड पूरा गरेका सवारीसाधन चलाउन पाउने गरी व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । आदेशमा सुविधा सन्तुलनका दृष्टिले जेठ २१ मा जारी अन्तरिम आदेश रद्द भएको भनिएको छ ।

अन्तरिम आदेश रद्द भएसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयअनुसार सवारीसाधन चल्न थालेपछि पूर्वी नेपाल तथा जिल्लाकै दूरदराजबाट यात्रुवाहक सवारी निर्वाध सञ्चालनमा आएका छन् ।

मालवाहक सवारी रोकिँदा जिल्लाको महाभारत उत्तरतर्फ र छिमेकी जिल्ला रामेछाप, दोलखा र ओखलढुंगालगायतका जिल्लाका यात्रुले खेप्दै आएको समस्या हट्ने व्यवसायी तारा दाहालले बताए । ‘अब खाद्यान्न र निर्माण सामग्री सहज ढुवानी हुन्छ,’ उनले भने, ‘ढुवानी सहज नहुँदा उपभोक्ता साना सवारीमा महँगो भाडा तिरेर निर्माण सामग्री खरिद गर्न बाध्य थिए ।’

सिन्धुलीमाढी–खुर्कोट खण्डमा सवारीसाधन चल्न पाउनुपर्ने माग राख्दै व्यवसायी पनि लगातार आन्दोलनमा थिए । अदालतको आदेशपछि मापदण्डका सवारीसाधन सुचारु गरिएको प्रजिअ ज्ञानप्रसाद ढकालले बताए । ‘सरकारको निर्णय कार्यान्वयन हुन्छ, अब निर्बाध सवारी चल्छन्,’ उनले भने ।

रुट परमिट भएका यात्रुवाहक तथा मालबाहक सवारीलाई मन्त्रालयले तोकेको मापदण्डअनुसार चल्न दिएको एसपी रामेश्वरप्रसाद यादवले जानकारी दिए । दुर्घटना न्यूनीकरणका लागि दैनिक चेकिङको व्यवस्था गरी टाइम कार्डमा कडाइ गरिनेसमेत उनले बताए । समाचार कान्तिपुरमा छ ।

अपहरण शैलिमा डा. केसीलाई काठमाडौं ल्यएको आरो केसीले लगाए

जुम्लामा २० दिन अनसन बसेपछि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएका प्रा.डा. गोविन्द केसीले शिक्षण अस्पतालमा पुगेपछि पत्रकार सम्मेलन गरेका छन्। पत्रकार सम्मेलनमा केसीले प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारले क्रुरतापूर्वक आफ्नो इच्छा विपरित अपहरणको शैलीमा जुम्लाबाट काठमाडौं ल्याएको आरोप लगाएका छन्।

‘चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ। त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ’, केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु।’ अन्नपूर्ण पोष्टमा समाचार छ ।

केसीले अनसनमा ऐक्यबद्धता जनाउने सबैप्रति आभार व्यक्त गर्दै जुम्ला अस्पतालमा भएको झडपका घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले जुम्लाबाट सरकारले काठमाडौं ल्याए पनि आफ्नो अनसन भने निरन्तर जारी रहेने जानकारी गराएका छन्।

‘यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु। सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।  ज्यादतीमा संलग्न  हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु’, केसीले भनेका छन्, ‘माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु। साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु।’

पत्रकार सम्मेलनमा केसीले सहयोगीलाई प्रेस विज्ञप्ति वाचन गर्न लगाएका थिए।

केसीको विज्ञप्ति जस्ताको तस्तै

आदरणीय पत्रकार मित्रहरू,

चिकित्सा शिक्षा सुधारको माग गर्दै म जुम्लामा २० दिनदेखि अनसन सहितको सत्याग्रह गरिरहेको सबैलाई विदितै छ। त्यसै क्रममा खड्ग प्रसाद ओलीको नेतृत्वको वर्तमान सरकारले अमानवीयरूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छा विपरीत अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ। सरकारले गरेको ज्यादतीपूर्ण व्यवहारको घोर भर्त्सना गर्दछु।

यस सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहनु हुने नेपालीहरूप्रति आभारी छु। सरकारको ज्यादतीबाट घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।  ज्यादतीमा संलग्न  हुने दोषीहरूलाई कारवाहीको माग गर्दछु।

माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने कुरा जानकारी गराउँछु। साथै आम नागरिकहरूलाई सदा जस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु।

प्रा.डा. गोविन्द केसी
शिक्षण अस्पताल, महाराजगञ्ज।
२०७५र४र३

झुक्याएर मृगौला प्रत्यारोपण गर्न खोज्ने बस्नेत पक्राउ


अवैधानिक रूपमा मानव अङ्ग प्रत्यारोपण गराएको आरोपमा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वनेपा नगरपालिका–२ काभ्रेपलाञ्चोकका कुमार गिरीको मृगौला कानेपोखरी गाउँपालिका–१ मोरङका ५१ वर्षीय थर्कबहादुर बस्नेतलाइ प्रत्यारोपण गराउन संलग्न भएको आरोपमा प्रहरीले थर्कबहादुरका छोरा २४ वर्षीय आशिष बस्नेतलाई पक्राउ गरेको छ । बस्नेतलाई काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ गरी जिल्ला अदालत भक्तपुर पेस गरिएको छ ।

बनेपा–२ का प्रल्हाद गिरीको जाहेरीअनुसार जेठ १३ मा भक्तपुर जिल्ला अदालतमा आशिष बस्नेतको नाम मानव शरीर अंग प्रत्यारोपण र सरकारी छाप किर्ते मुद्दा दर्ता भइसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी रेवतीरमण पोखरेलले बताए । समाचार कान्तिपुरमा छ ।

डा. केसी अरु कसैको गोटी भएर चलेको प्रमको आरोप


प्रधानमन्त्री केपीशर्मा ओलीले केही राजनीतिकदल आफ्नो दुनो सोझ्याउन डा।गोविन्द केसीको जीवनसँग खेलवाड गरिरहेको बताएका छन्। पोखरा विश्वविद्यालयको १९ औं साधारणसभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर रहेको भन्दै यस्तो बताएका हुन्।

डा। केसीको स्वास्थ्य कमजोर भएको जानकारी पाएपछि सरकारले चिकित्सकको टोली पठाँउदा केसीको छेउमा पुग्न अवरोध गर्नु नाजायज काम भएको उनले बताए। एउटा जमताले जे भन्यो त्यो सरकारले पत्याइदिनु जायज नभएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘गोविन्द केसी आफ्नो खुशीमा चलिरहनु भएको छ कि पराधिन हुनुहुन्छ रु बुझ्न सकिएन।’

प्रधानमन्त्रीओलीले केही राजनीतिक दलले गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो राजनीतिलाई जीवित राख्न खोजे त्यो स्थायी नुहने दाबी गरेका छन्। ‘केही–केही मानिस गोविन्द केसीको अनसनलाई देखाएर आफ्नो रोटी सेक्न खोज्दैछन्’, प्रधानमन्त्री ओलीले भने।

चिकित्सकले हड्ताल गर्नु आफ्नो पेशागतमर्यादा विपरीत भएको प्रधानमन्त्रीको भनाइ छ। ‘अन्य पेशाका पेशाकर्मीलाई आज हड्ताल छ, काम गर्दिन भन्दा त्यसले ठूलो घाटा नगर्ला तर, डाक्टरले बिरामी जाँच्दिन भन्दा एकैदिनमा कयौंको ज्यानजान सक्छ’ प्रधानमन्त्री ओलीले भने, ‘बिरामीको उपचार गर्ने पेशा रोज्ने अनिउपचारै गर्दिन भन्नु नैतिकताहिनता हो।’

कांग्रेसको आन्दोलनप्रति संकेत गदै प्रधानमन्त्री ओलीले कसैलाई मन नपरेको पार्टीले बुहमत ल्यायो, सरकार बनायो भन्दैमा आन्दोलन गर्नुको अर्थ नभएको बताए। ‘कसैलाई मन नपरेको पार्टीले बहुमत ल्यायो होला, कसैलाई मन नपरेको मान्छे प्रधानमन्त्री भयो होला। यो जनताको निणर्य हो’, प्रधानमन्त्रीओलीले भन्नुभयो,–“त्यसकारण यस्ता कुरामा आन्दोलन गरेर केही अर्थ छैन।’  समाचार अन्नपूर्ण पोष्टमा छ ।


नेपाललाई संसारकै शैक्षिक गन्तव्य बनाउन सकिने
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाललाई शैक्षिक गन्तव्य बनाउन सकिने बताएका छन् । ‘नेपाल बुद्धिजम अध्ययन गर्ने संसारकै सबैभन्दा उत्कृष्ट थलो हो,’ मन्त्री ज्ञवालीले भने, ‘यहाँ सांस्कृतिक, माउन्टेनियरिङ, आदिवासीय ज्ञानजस्ता खास–खास विषयको अध्ययन गर्ने गन्तव्य बनाउन सकिन्छ ।’

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको १२ औं शैक्षिक मेलाको बिहीबार उद्घाटन गर्दै मन्त्री ज्ञवालीले उक्त विचार व्यक्त गरेका हुन् । समारोहमा न्युजिल्यान्ड, अस्ट्रेलिया, भारत, रुस, बेलायत तथा जापानका नेपालस्थित कूटनीतिक नियोगका राजदूत तथा प्रतिनिधि सहभागी थिए ।

उनले विदेशमा पढेर स्वदेश फर्किने वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण भएको पनि बताए । ‘अहिलेसम्म नेपालका युवा विदेश अध्ययनको निहुँमा विदेशिए,’ मन्त्री ज्ञवालीले भने, ‘अब नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्य बनाउन आवश्यक छ । त्यसनिम्ति शैक्षिक परामर्शदाता संस्थाहरूको प्रयास जरुरी छ ।’

शैक्षिक परामर्श संस्थाले नाफामात्र नभई सेवामा ध्यान दिनसमेत ज्ञवालीले सुझाव दिए । आफ्नो सन्तानका निम्ति सम्पत्ति जोहो गर्ने नेपाली परम्परा अब नरहेको उल्लेख गर्दै उनले शिक्षामा लगानी गर्नुलाई सम्पत्ति ठान्ने आधुनिक चेतनाको विस्तार भएको उनले बताए ।

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेका अनुसार १२ औं बृहत् शैक्षिक मेलामा स्वदेशी शैक्षिक परामर्शदाता र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाका प्रतिनिधि सहभागी छन् । मेलामा २ सय २६ भन्दा बढी स्टल तथा १७ वटा पेभिलियन छन् । ‘मेलामा एकै स्थानमा विश्वका उत्कृष्ट गन्तव्य मुलुकहरूको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिइनेछ,’ अध्यक्ष पाण्डेले भने ।

अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, जापान, श्रीलंका, डेनमार्क, भारत र चीनका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिले परामर्श दिनेछन् । समाचार कान्तिपुरमा छ ।

डा. केसीलाई यसरी ल्याईयो काठमाडौं
प्राध्यापक डाक्टर गोविन्द केसीलाई जुम्लाबाट ल्याएर त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ । नेपाली सेनाको हेलिकोप्टर टुँडिखेलमा अवतरण गरेपछि केसीलाई सिधै अस्पताल पुर्याइएको हो ।

केसीलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको भए पनि केसीले आईसियूमा बसेर उपचार गर्न अस्वीकार गरेका छन् । सुरक्षाकर्मी र चिकित्सकले डा। केसीलार्य आईसियुमा पुर्याए पनि केसी पुरानो अनसनस्थल गणेशमान भवनतर्फ गएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि अनशन बसेका प्राध्यापक डाक्टर गोविन्द केसीलाई सरकारले जुम्लाबाट सुर्खेत हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको हो । अनशनस्थलबाट झिेकर केसीलाई नेपाली सेनाको व्यारेकमा लगेपछि त्यहाँबाट हेलिकोप्टरमा सुर्खेत झारिएको थियो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केसीलाई सरकारले काठमाडौँ ल्याउने भएपछि बिहीबार बिहानै त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र आईएमओका डिनलाई शिक्षण अस्पताल तयारी अवस्थामा राख्न निर्देशन दिएका थिए ।  समाचार अन्नपूर्ण पोष्टमा छ । 

 

for more news please click here

 

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan