Tuesday 21st of August | २०७५ भदौ ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैंकहरुको कर्जा ब्याजदरबाट जनता आतंकित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ श्रावण ४ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ४ साउन । ७/८ प्रतिशत ब्याजदरमा लगानी गरेका कर्जामा १२ देखि १६ प्रतिशतसम्म ब्याजदर कायम गरेर बैंकहरूले जनतालाई लुटिरहदा समेत सरकार काममा तेल हालेर बसिरहरको छ ।

केपी शर्माओली नेतृत्वमा सरकार बनेदेखि ब्याजदर बढ्ने, स्कुल/कलेजहरूमा शिक्षण शुल्क बढ्ने, पेट्रोलियम पदार्थको मूल्य बढ्नेलगायतका जनविरोधी कामहरू भइरहेको छन् ।

नेपाल बैंकर्स संघले मुद्दती निक्षेपको ब्याजदर सीमा खारेज गरेसँगै बैंकहरूले निक्षेप ब्याजदर अनौठो ढंगले बढाएपनि सरकार चुपचाप छ ।

आर्थिक वर्षको चौंथो त्रैमास सुरु भएसँगै एनबीएले निक्षेप ब्याजदरमा कायम राखेको सीमा खारेज गरेपछि जनतामाथि थप ब्याजदर बढेको छ । बैंकहरूले भने एनबीएले निक्षेप ब्याजदरको सीमा खारेजीको निर्णय गरेसँगै आफ्नो ब्याजदर बढाउन होडबाजी गरेका छन् ।

करिब ५ महिनाअघि एनबीएले मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने निर्णय गरेपछि अहिले बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर साढे १२ प्रतिशतसम्म पु¥याएका छन् ।

बैंकहरूको यस्तो कदमले क्षणिक रूपमा केही निक्षेपकर्तालाई फाइदा पुगे पनि यसले समग्र बैंकिङ प्रणालीलाई असर पु¥याउने विज्ञहरुको भनाई छ ।

आर्थिक वर्षका सुरुका त्रैमासमा तरलता हुने भएकाले एनबीएले वित्तीय प्रणालीलाई सन्तुलनमा राख्ने बहाना निक्षेप ब्याजदरमा सीमा कायम गरेको थियो ।

तर, चौंथो त्रैमासमा सरकारको खर्च बढ्ने भएकाले निक्षेपमा ब्याजदरको सीमा आवश्यक नहुने एनबीएको दावी छ । हाल बैंकहरू भने बढी निक्षेप उठाउने चक्करमा ब्याजदर बढाएर निक्षेप संकलन गर्न लागिपरेका छन् ।

राष्ट्रबैंकले दैनिक रूपमा कर्जा पुँजी तथा निक्षेप (सीसीडी) अनुपात मेन्टेन गर्नुपर्नेलाई महिना दिनमा गरे भएको छ भने विदेश बैंकबाट ऋण लिनसमेत खुला गरेको छ । तर, स्वदेशी बैंकका रकम र निक्षेपमा खोसाखोस गरे वित्तीय क्षेत्रमा पुनः विकृति आउने विज्ञहरूको ठहर छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan